
हुलाकी न्यूज, सिरहा । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतमाथि लागेको राज्यविरुद्धको संगठित अपराध मुद्दामा बहस भएको छ ।
जिल्ला अदालत सिरहामा आईतवार १४ जना सरकारी वकिलहरुले वहस गरेका छन् । काठमाडौं, विराटनगर, सुनसरी, जनकपुर, सप्तरी, सर्लाही, महोत्तरी र सिरहाका न्यायधिवक्ताहरुले बहस गरेका छन् ।
सहन्यायधिवक्ताहरु ध्रुव कुमार भट्टराई, चिरंजिवी पराजुली, लोकराज पराजुली, उपन्यायधिवक्ताहरु मुकुन्द प्रसाद अधिकारी, राजेश कुमार कटुवाल, सोमनाथ अधिकारी, जिल्ला न्यायधिवक्ता पुण्य प्रसाद पाठक, भरतमणि रिजाल, पुण्य प्रसाद सापकोटा, जुद्ध बहादुर आले, सहायक जिल्ला न्यायधिवक्ताहरु रामइश्वर राय यादव, मनोज कुमार गुप्ता, अजित कुमार लाल कर्ण र सिताराम राउतले वहस गरेका छन् ।
यता डा राउतको तर्फबाट ७ जना अधिवक्ताहरुले वहस गरेका छन् । वरिष्ठ अधिवक्ता हिम्मत सिंह, अधिवक्ताहरु अशोक कुमार चौधरी, योगेन्द्र प्रसाद यादव, रामानन्द साह, नविन सिंह, डोमन साह, मिना कुमारी देवले वहस गरेका छन् । डा राउतको तर्फबाट अरु पनि अधिवक्ताहरुले बहस गर्न बाँकी रहेको स्रोतले जनाएको छ ।



