हुलाकी न्यूज, काठमाडौं, ६ असोज । नागरिक समाजका अगुवाहरुले प्रमुख तीन दल र सरकारसँग देशको विभिन्न भागमा चलिरहेको आन्दोलनलाई वार्ता, सहमति र सम्झौताको माध्यमले राजनीतिक निकास दिन आग्रह गरेका छन् । उनीहरुले तराई मधेशमा चलिरहेको आन्दोलनलाई विशेष महत्व दिँदै मधेशको आन्दोलन सम्बोधन गर्न बिलम्व गर्न नहुने बताएका छन् । मधेशमा चलिरहेको आन्दोलनलाई राज्य शक्तिको बल प्रयोग र हिंसाका माध्यमले दबाउन नहुने भन्दै उनीहारुले राजनीतिक माध्यमबाट अविलम्ब सम्बोधन गर्नुपर्ने, नभए राज्यले ठूलो क्षति बेहोर्न सक्ने चेतावनी पनि दिएका छन् ।

नागरिक समाजका अगुवाहरुले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि चलेको द्वन्द्वको समाधानका लागि संविधानसभाबाट संविधान ल्याइएको भन्दै यस संविधानले अर्को द्वन्द्व निम्त्याउन नहुनेमा प्रमुख राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।

विज्ञप्तिमा अत्यधिक बल प्रयोग गरेर एवं प्रशासनिक तवरले अहिलेको समस्याको समाधान नहुने उल्लेख गरिएको छ । संविधान निर्माण प्रक्रियामा संविधानसभाभित्रैका अधिकांश पार्टीको सहभागिता नरहनु चिन्ता एवं चुनौतीको विषय भएको भन्दै उनीहरुले मधेशीसँगै थारु, आदिवासी, जनजातिलगायतका उत्पीडितहरुको आवाज सुन्न आह्वान गरेका छन् ।

nagarik samaj

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.