हुलाकी न्यूज । कर्णाली वा पहाड–हिमालका विकट जिल्लामा औषधि नपाइएको समाचारहरु दिनहुँ सुन्न पाउँछौं तर सुगम भनिएको मधेशमा समान्य औषधि नपाइएको समाचार हामी सुन्न वा पढ्न पाउँदैनौं ।

पूर्वी मधेशको सुगम जिल्ला सप्तरी मै समान्य औषधिहरु सिटामोल र जिवनजल पाइएको छैन । सप्तरीको गोबरगाढामा रहेको स्वास्थ्य चौकीमा पछिल्लो ६ महिनादेखि औषधिको अभाव रहेको छ । ‘सिटामोल’, ‘जिवनजल’ र ‘मेट्रोन’ जस्ता अत्यावश्यक औषधिहरु पनि स्वास्थ्य चौकीमा छैन ।

चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु पनि गाउँमा विरलै देख्न गरिएका छन् । ‘डाक्टर (सिअहेब) छन्, अनमी छन्, तर कोही आउँदैनन्’, स्थानिय महिला स्वास्थ्य स्वयं सेविका शुशिलादेवी रजकले भनिन्, ‘उनीहरु तलब यहाँ खाने गर्छन तर बसाँई भने हनुमाननगर र भारदह तिरै छन् ।’

हुनेखाने त विकल्प भएकाहरु गाउँ छाडेर गए, तर कुनै विकल्प नै नभएका गरिब गाउँलेहरु अझै पनि गोबरगाढामै बस्न बाध्य छन्, यहाँ भएकाहरुको पिडा पनि त सरकारले बुझेन, यहाँका गरिब गाउँलेसँग सरकारी स्वास्थ्य संस्था र निःशुल्क औषधिको विकल्प छैन ।’

पछिल्लो ५/६ महिना यता स्वास्थ्य संस्थामा औषधिको चरम अभाव रहेको शुशिलाको भनाई छ । ‘औषधि हुँदा स्वास्थ्यकर्मीहरुको अनुपस्थितीमा हामीले नै बाड्ने गर्थे, तर अचेल औषधि राख्ने दराज पनि खाली छ’, स्वास्थ्य चौकिको खाली दराज देखाउँदै उनले भनिन्, ‘औषधि खोज्न आउनेहरुलाई रित्तो हात फर्किने पर्ने बाध्यता छ ।’

खासगरी फागुनदेखि बैशाखसम्मको अवधिमा मधेशमा झाडापखाला, ज्वरो लगायतका समस्या देखिनु सामान्य रहेको छ । शुशिलाले ‘जिवनजल’ र ‘मेट्रोन’ समेत नहुँदा निकै समस्या परेको गुनासो गरिन । ‘कम्तीमा अत्यावश्यक औषधि त हुनु प¥यो नी’, उनले भनिन्, ‘हाल त आईरन चक्किका लागि पनि कयौ साता कुर्नुपर्ने बाध्यता भएको छ ।’

गोबरगाढा भौगोलिक रुपले सप्तरीको अत्यन्त विकट गाउँको रुपमा परिचित छन् । चारैतिर कोसी नदीले घेरिएर रहेकोले यसलाई ‘टाँपु गाउँ’ समेत भन्ने गरिन्छ । पहिला छुट्टै गाविस नै रहेको गोबरगाढालाई दुई वर्षअघि हनुमाननगर–योगिनिमाई नगरपालिका अन्तर्गत राखिएको थियो । यस वर्ष नयाँ संरचना अनुरुप हनुमाननगर कंकालिनि नगरपालिकामा गोबरगाढालाई गाभिएको छ ।

बर्षा याममा मुल कोसी नदीसहित कम्तीमा ४ वटा भंगालो तरेर गोबरगाढा जानु पर्ने बाध्यता छ । यद्यपी हिउँदमा भने सुख्खा रहेका कारण, ट्रैक्टर, मोटरसाईकल, साना ट्रक, जिपलगायतका सवारी साधनहरु गाउँसम्म पुग्ने गर्दछन् । तर राज्यका जिम्मेवार निकायहरुको रबैयाका कारण बर्षा र हिउँद दुवै सिजनमा आफुहरुको अवस्था उस्तै उस्तै रहने गरेको स्थानियहरुको गुनासो छ ।

‘अहिले त ट्रयाक्टरलगायतका सवारी साधनमा औषधि हालेर सहजै पु¥याउन सकिन्छ नी ?’, प्रश्न गर्दै स्थानिय महिला प्रमिलादेवी यादवले भनिन्, ‘जनस्वास्थ्य कार्यालका हाकिमको नियत स्पष्ट भए पो आउनु, स्थानिय कर्मचारीहरु महिनौ नआउँदा चुँसम्म नबोल्नेवाट कस्तो अपेक्षा गर्न सकिन्छ र ?’

गोबरगाढाका गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य जाँच समेत हुँदैन । ‘कहाँ गराउनु र ?’,स्वयंसेविका शुशिलाले भनिन्, ‘बाहिर गएर नियमित जाँच गराउन सक्ने अवस्था छैन्, गाउँको स्वास्थ्य चौकिमा कर्मचारी नै आउँदैनन् ।’

गोबरगाढा स्वास्थ्य चौकीमा हाल ४ जना कर्मचारीहरु कार्यरत रहेका छन् । तर कुनै पनि कर्मचारी नियमित नआउने गरेको स्थानिय भागवत यादव वताउँछन् ।

यद्यपी कार्यालय प्रमुख नरेन्द्र सिंह भने आफुहरु सातामा २/४ दिन आउने गरेको दावी गर्छन । सिंह पछिल्लो तीन वर्षदेखि गोबरगाढामै कार्यरत रहेका छन् ।    ‘अलि विकट भएकोले डेली त भ्याउदिन तैपनि सातामा २/४ दिन भने आउने गरेको छु’, सिंहले भने, ‘आवश्यक पुर्वाधार पनि छैन, औषधिको पनि प्रायः अभावै रहने गर्दछन्, तै पनि आफुले भ्याएसम्मको सेवा दिईनै रहेको छु ।’

विहान साढे आठ बजेसम्म उक्त गोठमा भैसी बाँधिएको हुन्छ । ‘त्यही भैसी दुहिन्छ, अनि चर्न पठाईन्छ, त्यसपछि गोबरहरु सफा गरेर त्यहाँ स्वास्थ्य संस्थाको काम थालिनु पर्छ

स्थापना कालदेखि नै गोबरगाढा स्वास्थ्य चौकी गाईगोठमै सञ्चालित रहेको छ । हाल महिला स्वयंसेविका रहेकी तेतरी देवी यादवले उपलब्ध गराईदिएको गोठमा स्वास्थ्य चौकि सञ्चालित रहेको चौकीका प्रमुख सिंहले जानकारी गराए ।
सिंहका अनुसार विहान साढे आठ बजेसम्म उक्त गोठमा भैसी बाँधिएको हुन्छ । ‘त्यही भैसी दुहिन्छ, अनि चर्न पठाईन्छ, त्यसपछि गोबरहरु सफा गरेर त्यहाँ स्वास्थ्य संस्थाको काम थालिनु पर्छ’, सिंहले भने,  ‘अब तपाँईनै भन्नुस, गोठमा सञ्चालित स्वास्थ्य चौकिबाट कस्तो सेवा प्रदान गर्न सकिन्छ र ?’

पुर्वाधारको नाममा स्वास्थ्य चौकिसँग दुई वटा दराजहरु रहेको छ । त्यसै दराज भित्रै कार्यालयका कागजात सहित औषधि समेत राख्नु पर्ने बाध्यता रहेको सिंहले गुनासो गरे । कार्यालय सहयोगि समेतलाई एक वर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले अन्यत्र काजमा खटाएको छ । स्रोतका अनुसार पहुच र पैरवीका आधारमा कार्यालय सहयोगी रामलाल यादवलाई जिल्ला जनस्वास्थ्य कार्यालयले हनुमाननगर इलाका स्वास्थ्य केन्द्रमा काजमा खटाएको हो ।

बर्षौनी हुनेगरेको कोसी कटान र डुबानका कारण ठुलो संख्यामा गोबरगाढाबासिहरु गाउँ छाडेर विस्थापित भईसकेका छन् । तर हाल पनि उक्त टापुमा करिब २ सय परिवार बसोबास गर्दै आएका छन् ।

‘हुनेखाने त विकल्प भएकाहरु गाउँ छाडेर गए, तर कुनै विकल्प नै नभएका गरिब गाउँलेहरु अझै पनि गोबरगाढामै बस्न बाध्य छन्’, स्थानिय पप्पु यादवले भने, ‘यहाँ भएकाहरुको पिडा पनि त सरकारले बुझिदिनु प¥यो, यहाँका गरिब गाउँले सँग सरकारी स्वास्थ्य संस्था र निःशुल्क औषधिको विकल्प छैन ।’

अन्य सरोकारबाला निकायहरु पनि यसैगरी पन्छिने गरेका छन् । हुलाकी न्यूजसँग स्थानीयबासीहरुले भने,‘बारम्बार सदरमुकाम राजविराजमा गएर विभिन्न अधिकारीहरुलाई आग्रह गरे तर सुनवाइ भएन । यहाँ स्वास्थ्यको मात्र होइन अन्य थुप्रै समस्या छन् । ’मधेशको विकट गाउँ गोबरगाढाका समस्याका बारे सरकारलाई बारम्बार घचघच्याइए पनि हालसम्म कुनै सरकारी कदम चालिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.