हुलाकी न्यूज, सिरहा । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतसहित दश जना विरुद्ध सिरहा प्रहरीले संगठित अपराधको मुद्दा दर्ता गराएको छ ।

नेपाल प्रहरीले हिरासतमा लिएको ६० औं दिनमा सोमबार साँझ प्रहरीले डा.राउतसहित लाहानको कार्याक्रममा सहभागी भएका दश जना विरुद्ध संगठिन अपराधको मुद्दा दर्ता गराएको छ भने एक जना विरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गराएको हो । मंगलबारबाट उक्त मुद्दामा बहस हुँदैछ ।

माघ पाँच गते सिरहाको लाहानमा मधेश बलिदानी दिवसको अवसरमा बृहत्त कार्यक्रम गरेको भन्दै डा.राउतसहित उनका समर्थकहरुमाथि उक्त मुद्दा लगाइएको हो । माघ २० गते जनकपुरधामस्थित डेराबाट डा.राउतलाई पक्राउ गरी सिरहा प्रहरीलाई बुझाइएको थियो ।

यता डा.राउतको गिरफतारिका विरुद्ध मधेशका विभिन्न जिल्लामा क्रमिक रुपमा प्रर्दशन हुँदै आएको छ ।

1 COMMENT

  1. मधेश : जहाँ सिटामोल र जिवनजल पाइँदैन ! मधेशमा यस्तो ठाउँहरु पनि छन् ! तर देशको प्रमुख समाचार पत्रहरुले कहिले पनि यस्ता कुरालाई समाचारको रूपमा लिदैन र स्थान दिदैन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.