अमरेन्द्र कुमार यादव, महेन्द्रनगर ६ आश्विन । मधेश आन्दोलनको क्रममा भदौ २५ गते प्रहरीको गोली लागेर जनकपुरमा मृत्यु भएका सदभावना पार्टीका धनुषा जिल्ला सचिव संजय चौधरीको बुधवार महेन्द्रनगरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

महेन्द्रनगर निवासी चौधरीको १३औं दिने पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा मधेशवादी दलका नेता, कार्यकर्तासहित स्थानीयहरुले शहिद चौधरीको फोटोमा फूल, माला तथा अबिर लगाई श्रद्धाञ्जली दिए । उक्त सभामा सदभावना पार्टी जिल्ला अध्यक्ष संजय सिंहले श्रद्धाञ्जली दिदै सहिद चौधरीको स्मृतिमा महेन्द्रनगरमा संजय चोक र सालिकको स्थापना गर्ने बताए ।

त्यसैगरी एमाओवादीका नेता विजय यादवले श्रद्धाञ्जली व्यक्त गर्दै ‘यो आन्दोलन कुनै पार्टी या कुनै व्यक्तिको होईन यो आन्दोलन सारा मधेशीको हो, यदि आफ्नो पार्टीले तुरुन्तै संशोधन प्रस्ताव दर्ता नगराए प्रचण्डले भनेको मधेशसँगको प्रेभ झुठो ठहर्ने छ ।’

सभामा अरुण महतो, संघीय सामाजबादी फोरम नेपालका धनुषा जिल्ला अध्यक्ष शेष नारायण यादव, तमलोपा जिल्ला अध्यक्ष परमेश्वर साहलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थिए ।

Sanjay-chaudhary-sahid

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.