हुलाकी न्यूज, जनकपुर, २१ चैत । नाटकको माध्यमले जनचेतना जगाउने उद्देश्यले लोक सञ्चार नामक संस्थाद्वारा तराईका विभिन्न जिल्लाहरुमा सडक नाटक प्रस्तुत भैरहेको छ । नाटकको निर्देशन प्रियंका झाले गरेकि हुन्, भने रमेशरञ्जन झाद्वारा लेखिएको हो । नाटक तयार गर्न जीवन बरालले सहयोग पुर्याएको निर्देशक झाले जानकारी दिइन् ।
नटकको मुल उद्देश्य नै सडक नाटकबाटै सरसफाई र खानेपानी प्रति जनचेतना फैल्याउँने रहेको निर्देशक झाले बताइन् । सडक नाटकमा सरसफाई तथा खानेपानी सम्बन्धी बिषयवस्तुहरुलाई जिवन्त ढंगबाट उत्थान गरिएको छ । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिको सहयोगमा गरिदै आएको परिवर्तन नामक सडक नाटक सरकारले गाउँ गाउँलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउँने उद्देश्यमा सघाउने कार्य समेत गर्दै आएको छ ।
जनकपुरका युवा कलाकारहरुलाई लिएर सो संस्थाले धनुषा, महोत्तरी, सिरहा र सप्तरी गरी चारवटा जिल्लामा नाटक प्रदर्शन गरिने हो । नाटक सिरहा देखि सप्तरी गरी २० स्थानमा परिवर्तन नामको सडक नाटक प्रस्तुत गरिएको छ ।  सिराहको बड़हरामाल, बस्तीपुर, बरछवा, विष्णुपुर, अरङ, बरीमझाउ, मझौलियामा  र ललभीतियामा प्रदर्शन भैसकेको लोक संचारकी झाले जानकारी दिइन् । त्यसै गरि महोत्तरीको ८ स्थानमा पनि नाटक सम्पन्न भैसकेको जानकारी झाले दिइन् । अब धनुषाका केहि स्थनहरुमा गर्न बाकी रहेको बताइ । कुल ४० स्थानमा नाटक प्रदर्शन गर्ने लक्ष्य रहेको झाले बताइन ।
नाटकमा कलाकारहरु प्रियंका झा, अनिता रानी मण्डल, रीना रिमाल, गंगा कान्त झा, राजेश सक्सेना, नीलेश झा, मुकेश झा, सोनू नविन र ललित झाले अभिनय गर्दै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.