
हुलाकी न्यूज, काठमाडौं । तराई–मधेशमा सशस्त्र संघर्ष गरिरहेका जयकृष्ण गोइतले तराईमा स्थानीय तह निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष गोइतले शुक्रबार विज्ञप्ति जारी गरी स्थानीय निर्वाचनको सशक्त र सशस्त्र विरोध गर्ने चेतावनी दिएका छन् ।
‘नेपाली संविधानसभाको पहिलो र दोस्रो निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गरे झै आउदो २०७४, बैशाख ३१ हुने भनिएको स्थानीय निकायको निर्वाचनलाई पनि सशक्त र सशस्त्र विरोध गर्ने बैठकले निर्णय गरियो ।’ गोइतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।



