
हुलाकी न्यूज, सर्लाही । आठ जना छोरी रहेको एक विपन्न परिवारलाई पहल नेपालको सहयोगमा ७० हजार रुपौंया हस्तान्त्रण गरिएको छ । तर, उक्त रकम ति परिवारलाई ऋण तिर्न अपुग रहेको छ । उक्त परिवारले सहयोगका लागि अझै अपील गरेको छ ।
सर्लाही जिल्लाको बरहथवा ८ गर्जाहाकी रामकली देवी साहको परिवारलाई पहल नेपालको सहयोगमा ७० हजार रुपैंया हस्तान्त्रण गरिएको संयोजक सरोज रायले हुलाकी न्यूजलाई बताए ।
आठ छोरी र एक छोरा रहेको उक्त परिवारका लागि विभिन्न सहयोगी हातबाट संकलन भएको उक्त सहयोग रकम पहल नेपालको सर्लाही जिल्ला संयोजक संजीव यादव र स्थानीय गाउँवासीको उपस्थितिमा रायले हस्तान्तरण गरेका हुन् ।
उक्त परिवार बारे केही दिनअघि हुलाकी न्यूज डटकममा समाचार प्रकाशित भएको थियो ।
उक्त परिवारका बारे थप जानकारी र सहयोगका लागि यो सामाग्री पढ्नु होला ।
आठ छोरीकी परिवार: सहयोगका लागि अपील



