हुलाकी न्यूज, बर्दिया,१७ चैत्र । मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न बिहीबार बर्दियाको गुलरिया नगरपालिका स्तरीय ११ सदस्य मानव अधिकार निगरानी समूह गठन गरिएको छ । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) मध्यपश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिका स्तरीय गर्न मानव अधिकार निगरानी समूह गठन गरिएको हो ।
थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले समूह गठन कार्यक्रमलाई सम्बोधन गर्दै, ‘मानव अधिकारको उपभोग गर्दा जुन सुकै जातजाती धर्म, समूदाय, लिगं, बिचार, आस्था, सम्पत्ति वा अन्य कुनै पनि आधारमा बाधा व्यवधान गर्ने अधिकार कसैलाई नरहेको बताए । यदि कसैले बाधा गरेमा कानुनी प्रक्रियाको साथमा थर्ड एलायन्स आगडि बढ्न तयार रहेने छ ।’
उनले, ‘यातना पिडित, गैरकानुनी थुना, गैरकानुनी पक्राउ परेकाहरुलाई थर्ड एलायन्स निशुल्क रुपमा कानुनी सहयोग प्रदान गर्न तयार रहेको समेत बताए । खानले, समूहलाई बिशेष गरी राज्य पक्षबाट हुने यातनाका घटनाहरुलाई सक्ष्म तरिकाले पत्ता लगाई यातना पिडितहरुलाई न्यायीक प्रक्रियामा आउनका लागि पहल गर्न सुझाव दिए ।’
गठन पछि संयोजक अस्मीताले भनिन्, ‘समूहले आगामी दिनमा जिल्लाको मानव अधिकारसँग जोडिएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई स्थापित गराउन पहल गर्ने बताइन् । उनले, जिल्लामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे सर्वसाधारणलाई सचेत गराउने र जिम्मेवार निकायलाई जवाफदेही बनाउन दबाव सिर्जना गर्ने जिकिर गरिन् ।’ समूहको संयोजकमा अस्मीता केसी, सदस्यहरुमा मेनिका पोख्रेल, आसमा परियार, सरु केसी, सिता चौधरी, रेनु चौधरी रहेका छन् ।



