हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक संख्यामा मर्न थालेका छन् । विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा पालेका परेवा विगत तीन दिनयता अत्यधिक सख्यामा मर्न थालेका हुन् ।

राष्ट्रिय समाचार समितिका अनुसार सुरुमा घाँटीमा समस्या देखापर्ने र पछि सिथिल हुुँदै परेवा मर्ने गरेको छ । विवाहमण्डप र जानकी मन्दिर क्षेत्रमा एक दर्जनभन्दा बढी परेवा मरेको अवस्थामा फेला परेका छन् ।

मौसम परिवर्तन, रोग वा विषादीयुक्त आहार खाएका कारण मर्ने क्रम अधिक देखिएको बारेमा अन्योलताको अवस्था छ । पशु कार्यालय पनि यसबारेमा अनभिज्ञ रहेकाले परेवा मर्नुको कारण खुल्न सकेको छैन ।

सामाजिक अभियन्ता नथुनीलाल दासले आफूले पालेका ५२ वटा परेवामध्ये अधिकांश मरिसकेको बताए ।  कतिपयले विषादीयुक्त गहुँ फालेको अवस्थामा परेवाले खाएपछि मर्ने समस्या उत्पन्न भएको अनुमान गरे पनि घरमा पालेका परेवासमेत मर्ने क्रम नरोकिनुले कुनै रोगको प्रकोप हुन सक्ने आशङ्का पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.