हुलाकी न्यूज, काठमाडौं । पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै सदभावना पार्टीले स्पष्टिकरण सोधेपछि केन्द्रीय सदस्य योगेन्द्र राय यादवले पार्टीको साधारण सदस्यसमेतबाट राजिनामा दिएको छ ।

सद्भावना पार्टीको रौतहट जिल्ला समितिमा देखिएको विवाद समाधानका लागि तीन सदस्य छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा यादवसँग स्पष्टिकरण सोधिएको सद्भावना पार्टीले जनाएको छ । शुक्रबार पार्टीका केन्द्रीय सचिव मनिष सुमनले एक साताभित्र जवाफ माग गर्दै स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण बुझाउँन दुई दिन बाँकी रहँदा यादवले पार्टीको साधारण सदस्यसमेतबाट राजिनामाको घोषणा गरेका हुन् ।

आफुलाई कुनै स्पष्टिकरण नआएको जनाउँदै पार्टी अध्यक्ष राजेन्द्र महतोको अलोकतान्त्रिक पद्धतिका कारण राजिनामा दिएको यादवले हुलाकी न्यूजलाई बताए । उनले पार्टी अध्यक्ष महतो सिमित व्यक्तिको घेरा बन्दीमा परेको आरोपसमेत लगाए । निकट भविष्यमा मधेशवादी राजनीतिक दलमै प्रवेश गर्ने यादवले बताए ।

सद्भावनाबाटै राजनीति सुरु गरेका यादव पहिलो संविधान सभा निर्वाचनअघि मधेशी जनअधिकार फोरम, नेपालमा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवको स्वकीय सचिव हुँदै पार्टीको भातृ संगठन युवा फोरमको अध्यक्ष रहिसकेका यादवले दोस्रो पटक युवा फोरमको अध्यक्ष पदमा पराजित हुँदा सद्भावना पार्टीमा प्रवेश गरेका थिए । त्यसबेला पनि पार्टी अध्यक्ष उपेन्द्र यादवको अलोकतान्त्रिक कार्यशैलीका कारण पार्टी परित्याग गरेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.