हुलाकी न्यूज, सिरहा ।
हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका राष्ट्रिय संयोजक डा. सीके राउतसँगै राखिएका अन्य कार्यकर्ताहरुसँग प्रहरी प्रशासनले अमानवीय व्यवहार भइरहेको गठबन्धनले जनाएको छ ।

हिरासतमा रहेका अशोक यादव, बिपीन यादव र रामशंकर यादव अत्यन्त सिकिस्त भई १०४ डिग्रीको ज्वरोमा पुग्दा प्रहरी प्रशासनलाई बारम्बार गरिएको अनुरोध समेतलाई बेवास्ता गरी थुनाभित्रै राखी गरेको दुव्र्यवहारप्रति गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीको अश्लिल विभेदपूर्ण व्यवहार सहन नसकी गठबन्धनका नेता कार्यकर्ताहरुले भित्रैबाट “नेपाली विभेद बन्द गर, मधेश अब खाली गर” भन्ने नारा लगाउँदा बल्ल दिउसो ११ः०० बजेतिर स्थानीय अस्पतालमा नाम मात्रको चेकजाँच गराइएको बुझिएको छ ।

अनुसन्धानको क्रममा भनी विगत ५३ भन्दा बढी दिनदेखि सिरहाको लहान, रौतहट र रुपन्देहीका प्रहरी हिरासतहरुमा असंवैधानिक, अलोकतान्त्रिक र मानव अधिकारका आधारस्तम्भहरु विपरीत शारीरिक, मानसिक र आर्थिक यातना दिने मनसायका साथ थुनामा राखिएको आरोप गठबन्धनको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.