हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घोषित कार्यक्रम अनुसार मंगलबार देशैभरीका निर्वाचन कार्यालयहरु घेराउ गरिदैछ ।

संविधान संशोधन पछि मात्र निर्वाचनको माग गर्दै आएको मधेशी मोर्चाले घोषित निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै आएको हो ।

मधेशका अधिकांश जिल्लामा निर्वाचन कार्यालयहरु विहान १० बजेदेखि घेराउ गरिएको छ । कतिपय स्थानमा धर्ना दिएर मोर्चाका कार्यकर्ताहरु बसेका छन् । केही स्थानमा निर्वाचन कार्यालयका कर्मचारीहरुलाई धपाइएको छ ।

तर काठमाडौंमा निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्ने विषयमा अन्यौल छ । काठमाडौमा निर्वाचन कार्यालय घेराउको जिम्मेबारी नेपाः राष्ट्रिय पार्टीलाई दिइएको छ ।

फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.