
हुलाकी न्यूज, जलेश्वर । कोशिश फाउण्डेशनले मधेशका ग्रामिण क्षेत्रका ६ हजार एक सय ५८ जनाको उपचार गरेको छ । महोत्तरी जिल्लाको बलबा गाबिसस्थित श्री योग कुमार उच्च माध्यमिक बिध्यालयको प्रांगणमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरी कोशिशले यति ठूलो संख्यामा विरामीहरुको उपचार गरेको हो ।
उक्त गाबिसलगायत छेउछाउका ग्रामिण क्षेत्रमा स्वास्थ समस्याहरु व्याप्त रहेको तथा स्वास्थ्य सम्बन्धि जनचेतनाको कमीरहेको कुरालाई दृष्टिगत गरी शिविरको आयोजना गरिएको कोशिशले जनाएको छ ।
४० जना बिशेषज्ञ र २० जना रेजिडेन्ट्स, मेडिकल अधिकृत तथा एमबिबिएस अध्ययन गर्दै गरेका बिद्यार्थीसहितको धरान र जनकपुरबाट आएको टोलीले उपचार गरेको थियो । उक्त टोलीमा मेडिसिन, सर्जरी, बालरोग, स्त्री तथा प्रसुती, जेनेरल फिजिक्सियन, नाक, कान, घाटी, आँखा सम्बन्धी, यौन तथा चर्म रोग, दन्तरोग, एनेस्थेसियोलोजी, रेडियोलोजी बिषयका बिशेषज्ञहरु रहेका थिए । त्यस्तै, सिबिरका लागि आबस्यक पोर्टेबल भिडियो एक्सरे , प्यथोलोजी जाच, पल्मुनरी फंक्सन टेस्ट, दात एक्स्ट्राकासन सेट, रोटा इन्हेलरलगायत रूपमा निशुल्क औषधिहरुको वितरण गरिएको थियो ।
शिविरमा कूल ६ हजार १ सय ५८ बिरामी मध्ये ३ हजार ३ सय २६ जना महिला, २ हजार २ सय १६ जना पुरुष तथा ६ सय १६ जना बालबालिकाहरुले उपचार पाए ।
उक्त शिविर मै बिरामी जांचउपचारका साथसाथै स्वास्थ्य समबन्धी घरेलु उपाय आवश्यक साबधानी तथा रोगबाट बच्ने उपायहरु बारे जनचेतनामुलक कार्यक्रम समेत गरिएको थियो ।
त्यसैगरी कोशिशले र स्थानीय समाजसेवी सुरेश यादवको संयुक्त सहयोगमा श्री योग कुमार उच्च माध्यमिक बिद्यालयको भौतिक पुर्बधार अभिबृधिका लागि सहयोग स्वरूप २० वोटा कक्षा कोठामा सिलिंग फ्यान र चिम जडान गरेको छ । । त्यसैगरी स्थानीय बलवा स्वस्थ चौकीलाई पोर्टेबल सक्सन मसिन १ थान, बल्यांकेट ५ थान, बेडसिट ५ थान, तकिया ५ थान सहयोग स्वरूप उपलब्ध गराइएको कार्यक्रम संयोजक डा. जगतनारायण प्रसादले हुलाकी न्यूजलाई जानकारी दिनु भयो ।
कोशिश स्वास्थ्य क्षेत्रमा सक्रिय युवा तथा शिकित्सकहरुको गैरनाफामुलक संस्था हो ।



