हुलाकी न्यूज, सप्तरी ।
सप्तरीको मलेठमा प्रहरीको गोली लागी शहादत प्राप्त गरेकाहरुप्रति राजविराजमा विशाल श्रद्धाञ्जली सभा आयोजना भएको छ ।

मारिएकाहरुप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतबार राजविराजमा आयोजित विशाल श्रद्धाञ्जली सभामा जनसागर ओलिएको छ ।

श्रद्धाञ्जली सभामा मधेशीमा मोर्चाका शीर्षस्थ नेताहरुले सम्बोधन गरेका छन् । श्रद्धाञ्जली सभामा मोर्चाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र यादव, अनिलकुमार झा, राजकिशोर यादव लगायतका नेतागणहरु सहभागी छन् ।

एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत फाल्गुण २३ गते विरोध प्रदर्शन गरिरहेकाहरुमाथि मधेशीहरुमाथि सुरक्षाकर्मीको गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.