हुलाकी न्यूज, काठमाडौं । त्रिभुवन विश्व विद्यालयले निष्कासित गर्ने अधिकांश विद्यार्थी मधेशको रहेको एक तथ्यांकले देखाएको छ । त्रिविबाट निष्कासित(एक्सपेल्ड) हुने विद्यार्थी बारे गरिएको एक अध्ययनले निष्कासित हुने ९० प्रतिशत विद्यार्थी मधेशी रहेको देखाएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमका बिच उक्त प्रतिवेदन प्रस्तुत गरिएको छ । संक्षिप्त रुपमा प्रस्तुत उक्त प्रतिवेदनको विस्तृत आउन बाँकी रहेको वरिष्ठ पत्रकार दिनेश यादवले बताए । उक्त प्रतिवेदन अनुसार त्रिविको आंगिक क्याम्पस मध्ये मधेशका अधिकांश क्याम्पसहरुबाट विद्यार्थीहरु निष्कासित हुने गरेका छन् । सिरहा क्यम्पसबाट पछिल्लो पटक एउटै शैक्षिक सत्रमा १४ सय मधेशी विद्यार्थी निष्कासित भएका छन् । यसअघि ०५२ सालताका देखि नै सिरहा क्याम्पसबाट ५० प्रतिशत जति विद्यार्थी निष्कासित हुँदै आएको छ ।
त्यस्तै, जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्यासम्पस (राराब), बीरगञ्जको ठाकुर राम क्यम्पसबाट पनि निष्कासित हुने विद्यार्थीको संख्या बढी रहेको छ ।

मधेशी नागरिक समाजले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्राध्यापक पीएन यादवले भने,‘एक ताका त्रिविको ६० प्रतिशत विद्यार्थी पास हुन्थे । जसमा अधिकांश मधेशी विद्यार्थी नै हुन्थे । त्यसपछि अचानक रिजल्ट ५ प्रतिशतमा झर्यो । जहाँ नियत बस मधेशका क्याम्पसहरुबाट विद्यार्थीलाई निष्कासित गर्न सुरु गरियो ।’

प्राध्यापक विन्देश्वर गोइतले त्रिवि भित्रको संकुति मानसिकताले मधेशका विद्यार्थीहरुसँग विभेद भएको बताउँदै निष्कासित विद्यार्थीहरुका विषयमा छानविन आयोग बन्नु पर्ने बताए । त्यस्तै, पूर्वप्राध्यापक आनन्द अनुभवले पनि त्रिविको रिजल्ट र क्रियाकलाप संकास्पद रहेको बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नियत बस त्रिविबाट मधेशी विद्यार्थीको मनोबल घटाइएको बताउँदै निष्कासित हुने ९० प्रतिशत विद्यार्थीले पढाई छोड्ने गरेको बताए । जसबाट मधेशी विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न छोडेर विदेशिनु परेको आरोप वक्ताहरुले लगाए ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष गणेश मण्डलले गरेका थिए भने सञ्चालन युवा नेता सुरेश मण्डलले गरेका थिए ।

1 COMMENT

  1. सिराहा, सप्तरी, जनकपुर तिरको Exam कतिको कडाइका साथ हुन्छ भन्ने कुरो पनि धेरै सुनिएको छ !
    ताहचलको जसरी Exam गराउनुस् अनि प्रश्न गर्नुस !
    सायद त्यहा भन्दा काठमान्डूमा ज्यादा अध्ययन गर्छन् मधेसी विध्यार्थी ! एक्स्पेल भा सुनिदैन त !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.