हुलाकी न्यूज, बीरगञ्ज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेको भेला विथोलेको छ । शनिबार पर्सा जिल्लाको भिडियारीमा एमालेले राखेको भेलालाई मोर्चाका कार्यकर्ताहरुले विथोलको हो ।

मोर्चाका कार्यकर्ताहरु भेला विथोल्न बैण्ड बाजाका साथ पुगेका थिए । मोर्चाका कार्यकर्ताहरु पुग्नासाथ एमालेका नेता तथा कार्यकर्ताहरु भागेका थिए ।

मधेशी मोर्चा पर्साले एमालेलाई जिल्लामा कुनै कार्यक्रम गर्न नदिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भिडियारीको कार्यक्रम विथोलिएको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

एमालेले मेची–महाकाली अभियानको बाँकी कार्यक्रम पुनः दुई नम्बर प्रदेशमा गर्ने जनाएको छ । उक्त कार्यक्रममो पनि विरोध गर्ने तयारी भइरहेको मोर्चाका नेताहरुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.