हुलाकी न्यूज, काठमाडौं ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि चुनावमा जाने तयारीमा रहेको दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सापकोटाले मधेशी मोर्चापनि चुनाव जाने कुरामा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘मोर्चा पनि चुनावमा जाने तयारीमा छ, उसले आधिकारिक निर्णय गर्न मात्रै बाँकी छ, मधेशमा केही अतिवादीहरुले निर्वाचनलाई भाँड्न खोजिरहेका छन् । भयवित वातावरण सिर्जना गर्न खोजिरहेका छन्, यसमा मोर्चा नै सर्तक हुनुपर्छ ।’

सापकोटाले मधेशी मोर्चाको पछिल्ला कदमहरु निर्वाचन र संशोधन सँगसँगै होस भन्ने उद्देश्यले अभिप्रेरित रहेको स्पष्ट पारे ।

उनले तोकिएकै मितिमा निर्वाचन हुनेसमेत दाबी गरेका छन् । उनले कानूनी, प्राविधिक तथा व्यवस्थापकीय हिसाबले निर्वाचनको तयारी भैरहेकोले अब मुलुक निर्वाचनको बाटोमा अघि बढिसकेको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.