हुलाकी न्यूज, लहान । सिरहा जिल्ला अदालत परिसर बाहिर शुक्रबार डा. सीके राउतको रिहाईको माग गर्दै प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

शान्तिपूर्ण नारा जुलुस गरिरहेका डा. राउतका समर्थकहरुमाथि नेपाल प्रहरीले शोषणको परकाष्ठा पार गर्दे बर्बर दमन गरेको आरोप स्वतन्त्र मधेश गठबन्धनको छ ।

प्रहरीले लाठीचार्ज गरी उपेन्द्र यादव, संजिव यादव, राम कुमार यादव, मुकेस ठाकुर, करण यादव, वरिक यादव, सितेन्द्र यादव, मिथलेस यादव, जितन यादव, दीपक यादव, सुलिन्द्र यादव लगायत दर्जनौ मधेशीलाई निर्घात कुटपीट गरी घाईते बनाएको गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही क्रममा सडकमा डुलि रहेका सिरहा माडरका दस वर्षिय कान नसुन्ने र बोल्न समेत नक्कने बालक दिपेशरलाई निर्घात कुटपिट गरेका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।

उक्त शान्तिपूर्ण नारा जुलुसकै क्रममा ईटाटार २ का दिपेन्द्र यादवलाई प्रहरीले हिरासतमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.