हुलाकी न्यूज, सप्तरी ७ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पास नभएसम्म चुनावमा नजाने बताएका छन् ।

सप्तरीको मलेठमा प्रहरीको गोलीबाट हत्या भएका पाँच जना शहीदहरुको परिवारसँग भेटघाट गर्न आएका अध्यक्ष ठाकुरले सो कुरा बताएका छन् । उनले सीमांकनलाई थाती राखेर सरकारसँग कुनै सम्झौता नगर्ने बताए ।

सप्तरीका पाँचै जनाको घरमा गएर ठाकुरले सान्तवना दिएका छन् । मलेठ २ का सञ्जन मेहता, बिरेन्द्र महतो, मलेठ ४ का पिताम्बर मण्डल, जमुनी मधेपुरा गाविसका इनरदेव यादव र प्रसवनी गाविसका आनन्द साहको घरमा पुगेर उनीसहित उनका पार्टी नेताहरुले सान्वतना दिएका छन् ।

ठाकुरले पाँचै जनाको परिवारलाई रु २५ हजारका दरले नगद सहयोग समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.