
हुलाकी न्यूज, काठमाडौं । व्यवस्थापिका संसदको आइतबारको बैठक पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बहिस्कार गरेको छ । मोर्चाका सांसदहरुले नारावाजी गर्दै बैठकबाट बाहिरिएको छ ।
आइतबारको दोस्रो बैठकमा मोर्चाका तर्फबाट तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जंगीलाल राय यादवले मधेशीलाई मारिने क्रम नरोकिएको बताएका छन् । सभामुख तर्फ प्रश्न तेर्याउँदै यादवले भने,‘हिजो मात्र नेपालगंजमा भाट मारिएका छन् । अव मधेशमा कति सहिद बनाउने महोदय ।’
यादवले मधेशमा पछिल्लो समय राज्यबाट मारिनेको संख्या बढ्दै गएको प्रति ध्यानाकर्षण गराउँदै हत्या रोक्न आग्रह गरे ।
यादवले मधेशका जिल्लाहरुमा नयाँ स्थानीय निकायको कार्यलयमा बोर्ड लगाएर देखाउन चेतावनीसमेत दिए । उनले मधेशका जिल्लाहरुमा प्रतिकार भइरहेको समेत जानकारी गराए ।
मधेशको माग पुरा नभएसम्म निर्वाचन हुन नदिने अडान लिदै चुनाव गराएर देखाउन सरकारलाई चुनौति दिए ।




आ-आफ्नै पार्टीमा रहेर संविधान सन्सोधन गर्दा कति को राम्रो होला हाम्रो महोदय ज्युहरु संविधान
देश भरी आजसम्म जती सहिद भए त्यसैको अनुपात्मा बनाउनु पर्यो नि बिभेद गर्नु भएन