कैलाली, ५ असोज टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालयमार्फत ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।

कैलाली जिल्ला अदालतका स्रेस्तेदार, उपसचिव जगदीशप्रसाद भट्टले प्रहरी हिरासतमा रहेका २२ र फरार ३६ गरी ५८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी दिए । घटना भएको २९ दिनसम्म २२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरेको प्रहरीले उनीहरूलाई अदालत पेस गरेको छ । प्रहरीले थारूसँगै थारू कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक क्षेत्र नम्बर ३ का अध्यक्ष रामप्रसाद चौधरीलगायतका ५८ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

यसैगरी, अदालत पेस भएकाहरूमा मुनुवा–१ कञ्चनपुरका रामकुमार कठरिया, सुन्दरलाल कठरिया, दिलबहादुर चौधरी, राजकुमार कठरिया, हरिनारायण चौधरी, भजनी—त्रिशक्ति नगरपालिका पडरियाका प्रेमबहादुर चौधरी, थापापुर गाविस नवलपुरका राजेश चौधरी, सोही गाविस खैराका सन्तराम चौधरी, किशनलाल चौधरी, नवलपुरका वृजमोहन डंगौरा, गोडचौराका जितबहादुर डंगौरा, टीकापुर–३ नुकलिपुरका रामनरेश चौधरी र ठानापुरका वीरबहादुर चौधरी, थापापुर गाविस खैराका नरुलअली जागालगायत रहेका छन् ।

गत ७ भदौमा नेपाल प्रहरीका एक एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालक गरी नौजनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले मुद्दा दायर गरेको हो । टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो । जसमध्ये १८ जनालाई प्रहरीले तारिखमा रिहा गरेको थियो । सो घटनापछि कैलाली जिल्ला अशान्त भएको छ । प्रशासनले टीकापुरलगायतका स्थानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी कफ्र्यु लगाउँदै आएको छ ।

बौनियामा संविधानको भव्य स्वागत

थारू बाहुल्य कैलालीको मध्यवर्ती क्षेत्र बौनिया गाविसमा थारू र पहाडी मिलेर धुमधामका साथ दीपावली मनाएका छन् । गाविसमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालको सर्वदलीय बैठकपछि गाविस कार्यालयबाट विजय जुलुस निकालेका थिए । कार्यक्रममा थारू समुदायको पनि उल्लेख्य सहभागिता रहेको कांग्रेस महासमिति सदस्य बस्रबहादुर हमालले बताए ।

गाविस प्रांगणबाट निकालिएको विजय र्‍याली रघुनाथ आदर्श उच्चमावि हुँदै रघुनाथ आदर्श बहुमुखी क्याम्पसको गेटमा पुगी दीप प्रज्वलन गरेको हमालले बताए । कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि टीकाराम महतोले संविधान आएकोमा खुसी व्यक्त गरे । महतोले कैलालीमा आन्दोलनरत दलहरूका माग सम्बोधन भइसकेकाले आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए । महतोले सदियौँदेखि मिलेर बसेका थारू र पहाडी समुदायलाई नेताहरूले लडाउन खोजेकाले जनतालाई कसैको पनि बहकाउमा नलाग्न आग्रह गरे ।
प्रवासी नेपालीद्वारा स्वागत

नेपालको संविधान–२०७२ जारी भएको खुसीयालीमा भारतको महाराष्ट्रस्थित तारापुर बोइसरमा बस्ने सुदूरपश्चिमेलीहरूको संस्था ‘सुदूरपश्चिम एकता समाज’ले समारोह आयोजना गरी शुभकामना आदान–प्रदान गरेको छ । नेपाली जनताको वर्षौंदेखि आफ्नो संविधान आफैँ बनाउने धोको जनताका प्रतिनिधिले संविधानसभाबाट पारित गरी ३ असोजमा राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेको खुसीयालीमा कामको सिलसिलामा सुदूरपश्चिमबाट महाराष्ट्रस्थित तारापुर बोइसरमा रहेकाहरू आपसमा भेला भई शुभकामना आदान–प्रदान र दीपावली गरिएको समाजका सदस्य तथा प्रवक्ता देवराज भट्टले बताए । जननिर्वाचित प्रतिनिधिहरूद्वारा बनाइको यो संविधान आफैँमा ऐतिहासिक दस्ताबेज भएकाले त्यसको कार्यान्वयनका लागि पनि एकता समाजले आग्रह गरेको छ ।

समाजले संविधान जारी गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालगायतका नेताहरूलाई धन्यवाद दिएको छ । संविधान लेखेर मात्र कुनै काम नहुने भएकाले त्यसलाई व्यवहारमा पनि उतार्नुपर्ने समाज अध्यक्ष पुष्प खड्काले बताए । बोइसरमा रहेको होटल शिल्पामा सम्पन्न सो कार्यक्रम समाजका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको थियो ।

टीकापुरमा कफ्र्यु अवधि घटाइयो

स्थानीय प्रशासनले जिल्लाका तीन नगरपालिकासहित आठ गाविसमा लगाउँदै आएको कफ्र्यु अवधि घटाएको छ । ७ भदौमा टीकापुरमा भएको हिंस्रक घटनापछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी, टीकापुर र भजनी–त्रिशक्ति नगरपालिका (साबिकको खैलाड गाविसबाहेक) आठ गाविसमा कफ्र्यु लगाउँदै आएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंका अनुसार बुधबार धनगढी क्षेत्रमा तीन घन्टा कफ्र्यु लाग्ने भएको छ ।

दिउँसो १ देखि साँझ ४ बजेसम्म कफ्र्यु रहनेछ । मंगलबार धनगढी क्षेत्रमा चार घन्टा कफ्र्यु लागेको थियो । टीकापुर र भजनी–त्रिशक्ति नगरपालिकासहितका आठ गाविसमा भने बिहान ५ देखि दिउँसो २ बजेसम्म कफ्र्यु खुला रहने उनले बताए । बाँकी समय भने कफ्र्यु रहनेछ । स्थानीय प्रशासनले कफ्र्यु अवधि घटाउँदै लगे पनि संविधान जारी भएको दिन ३ असोजदेखि फेरि कफ्र्यु अवधि बढाउँदै लगेको थियो । स्थितिमा सुधार आएसँगै कफ्र्यु अवधि घटाउँदै लगिएको प्रजिअ चापागाईंले बताए । नयाँ पत्रिका

4 COMMENTS

  1. नेपाल सरकारले ४२ जना हत्या गरेकोमा अन्तर राष्ट्रिय अदालत मा फौजदारी मुद्दा चलाउनु जरुरि छ कि छैन?

    • बामदेव गौतम लगायत सब पुलिश जो गोलि चलाएको छ सब लाई अन्तर्राष्ट्रिय अदालत मा मुदा चलाउनु १००% सही कुरा हो . यस्तो नभएमा फेरी यस्तै गर्छ किन भने यो सब पहाडी को शरिर मा बराबर DNA छ .

  2. temi haru lai tesai dhoti bhane ko chai pakai hoena hai kura na bhuje dhoti samaudai hidne bhaya ra dhoti bhane ko ho……thacha hamlai pani madesh ashu ma dupeko cha ragat ley rangiyako cha tara esko karan ke …..have you madeshi ever point out such points.Temi haru ko des bhakti pani dekheyo yar ma temi harulai yo kura ma badai dina chahanchu ke temi harulay ta afnai janma dine amma lai pani tukra tukra parchau hai ani bideshi dalal sanga bechna pani tayar chau hai……bhana na yo des(nepal) ko thuma temro afnai aama bhayako bhaya tesko rate kate rakhtheu<<<>>>???????

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.