
हुलाकी न्यूज, रुपन्देही, ६ असोज । रुपन्देहीको क्षेत्र नं. १ का सरकारी कार्यालयहरुमा तालाबन्दी गरिएको छ । क्षेत्र नं. १ का ८ वटा गाविस कार्यालयमा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् ।
सम्पूर्ण कार्यालयमा मधेश सरकार लेखिएको बोर्ड झुण्ड्याइएको छ । यता, गाउँगाउँमा संविधान जलाएर स्थानीयले विरोध गर्ने क्रम जारी राखेका छन् ।



