
हुलाकी न्यूज, काठमाडौं ४ चैत्र । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई नेपाली काँग्रेसमा फर्काउने तयारी हुँदैछ । गच्छदारलाई पुनः पार्टीमा ल्याउने विषयमा यसअघि शिर्ष नेतृत्वमा छलफल भएपनि शुक्रबार काँग्रेसका सांसदहरुले गच्छदारलाई पार्टीमा ल्याउनु पर्ने धारणा राखेका छन् ।
हुलाकी न्यूजलाई प्राप्त जानकारीअनुसार गच्छदार र काँग्रेस नेताहरुबीच भएको छलफलमा काँग्रेस नेताहरुले पार्टीमा फर्किन आग्रह गर्नुका साथै संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए । गच्छदारले पनि काँग्रेसमा फर्किने मनसाय व्यक्त गरेका थिए । तर गच्छदारले भौतिक योजना मन्त्रालयसहित पार्टीमा सम्मानजनक पद पाउनु पर्ने धारणा राखेका थिए ।
श्रोतका अनुसार गच्छदारले पार्टीमा उपसभापतिको दाबी गरेका थिए । तर विमलेन्द्र निधिलगायतका नेताहरुले गच्छदारलाई पार्टी पदाधिकारी बनाउने विषयलाई अस्वीकार गरेको थियो । तर भौतिक योजना मन्त्रालय दिने विषयमा मोटामोटी सहमति भइसकेको थियो ।
नेपाली काँग्रेसका सांसद प्रेम किशोर साहले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने, ‘गच्छदार नेपाल विद्यार्थी संघबाटै राजनीतिक सुरु गरेको व्यक्ति हुन् । उनी पार्टीबाट मन्त्री पनि भइसकेका व्यक्ति हुन् । त्यसले उनलाई ल्याउने विषयमा छलफल भएको छ । तर हाम्रो सर्त छ कि उनले पहिले संविधान संशोधनमा समर्थन गर्नु पर्छ ।’
कांग्रेस नेता डा.शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र फरमुल्लाह मन्सुरको अग्रसरतामा शुक्रबार काँग्रेसका मधेशी सांसदहरुको भेलामा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले कांग्रेसका पुराना नेता गच्छेदारलाई कांग्रेसले मिलाउनु पर्ने धारणा राखेका थिए ।
पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बुढाथोकीले गच्छदारलाई सके कांग्रेसमा ल्याउने र नसके गठबन्धन बनाएर भएपनि लैजान सुझाव दिएका थिए । ‘गच्छदारजीलाई पार्टीमा ल्याउने हो भने एक नम्बर प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहसम्म कांग्रेसलाई फाईदा पुग्छ’ मन्त्री बुढाथोकीको भनाई उधृत गर्दै एक सहभागीले भने ‘नत्र एमालेसँग माओवादी र राप्रपाले चुनावमा मिलेर हामीलाई त भित्तामा र्पुयाउँछन् ।’
अर्का सांसद सञ्जय गौतमले गच्छेदारलाई कांग्रेसमा ल्याउन सके पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कांग्रेसलाई सहयोग मिल्ने बताए । गौतमले आफ्नो गृह जिल्ला बर्दियामा मात्र ३० प्रतिशत बढी थारु समुदाय रहेको भन्दै फोरम लोकतान्त्रिकलाई कांग्रेसमा मिलाउन प्रस्ताव गरेका थिए ।
अन्य सांसदहरुले पनि गच्दारलाई पार्टीमा ल्याउनु पर्ने धारणा राखेका थिए




Bastard leader like Gachhedaar and above all – no political morality of Congress leadership, anyway this is Nepali politics at its one of the worst level of political morality, if it happens actually. Gachhadar can go to any level of compromise for ministerial post and here is asking for Ministry like physical planning and works- anybody can guess what he is ecpecting from this ministry- Hydrowpower/ Fast track Road from Kathmandu to Birganj, International airports at Pokhara and Bhaieahwa- a few instances only. And Deuba the great- salute you Madharchod for your political morality.
Underestimation of Tharu population by our Sandad Sanjay Gautam. Central Bureau of Statistics says more than 50 percent Tharu are in Bardiya. Mansikta purna phade ra bahunbad!
कन्हाके राजनीति केओ ने जाने