
हुलाकी न्यूज, काठमाण्डौ 4 चैत्र । अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिएको छ ।
शुक्रबार नेसपाले सभामुख ओनसरी घर्तीलाई लिखित रूपमा समर्थन फिर्ता लिएको पत्र बुझाएको छ ।
सिॅहदरबारस्थित सभामुखको कार्यलयमा नेसपा अध्यक्ष अनिल झासहित सांसद डिम्पल झा, महासचिब राजिब झालगायतका नेताहरूले समर्थन फिर्ताको पत्र बुझाएको हो ।



