हुलाकी न्यूज, काठमाडौं ३ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ दलले सरकारबाट समर्थन फिर्ता लिएको लिखित पत्र सभामुखको सचिवालयमा दर्ता गराएको छ ।

बिहीबार तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई–मधेश सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम(गणतान्त्रिक)ले समर्थन फिर्ता लिएको लिखित जानकारी सभामुखको सचिवालयलाई दिएको छ । यसअघि बुधबार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पत्र बुझाएको थियो ।

यी ६ दलमा ३८ सासद छन् । तमसपाका अध्यक्ष महेन्द्र यादवले आफ्नो दलसहित अन्य पाँच दलले समर्थन फिर्ता लिएको हुलाकी न्यूजलाई बताए ।

यता नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले असन्तुष्टि व्यक्त गरेको छ । मधेशी मोर्चामा आवद्ध भएपछि पार्टीका नेताहरुले मनमानी गरिरहेको आरोप झाले लगाएका छन् ।

मोर्चाले समर्थन फिर्ता लिने निर्णय सामुहिक रुपमा भएपछि उपेन्द्र यादवले आफुलाई बढी क्रान्तिकारी देखाउन पहिले पत्र दर्ता गराएको आरोप झाले लगाउँदै आएको छ ।

श्रोतका अनुसार मधेशी मोर्चाले निर्वाचनका लागि दल दर्ता नगराउने भने पनि यादवले एक्लै दल दर्ता गराएको छ ।

फोरम नेपाल मोर्चामा रहेर एक्लौटी गरिरहेको प्रति झाले असन्तुष्टि जनाउँदै आफु पनि आफ्नो अनुकुल समर्थन फिर्ता पत्र दर्ता गराउने हुलाकी न्यूजलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.