हुलाकी न्यूज, वीरगंज, २३ जेठ । आइतबार जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय,पर्सा र राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरणको आयोजनामा विश्व वातावरण दिवसमा सडक मर्मत सम्भारकर्ता महिलाहरुद्वारा सडक वृक्षरोपण कार्यक्रम गरियो । सो कार्यक्रम प्रमुख जिल्ला अधिकारीबाट उद्घाटन भयो ।

रामगढवा, मिलनचोक र जगरनाथपुर सडकहरुमा बिरुवा रोपन कार्यक्रम सफल भएको जानकारी ईन्जिनियर साहनाज अंसारीले बताइन् । उनले भनिन्, ‘सिरिस, बकाइनो, सिमल, सतिसल, टिक लगायत अन्य सयवटा विभिन्न जातिका बिरुवाहरु लगाइयो । पर्सा जिल्लाका सडकहरुमा श्रावणसम्म २३०० जातिका बिरुवाहरु लगाउने योजना रहेको अंसारीले बताइन।’
जिल्ला वन कार्यालयले बिरुवाहरुमा पानी हाल्ने तथा रेखदेखको जिम्मा महिला सडक मर्मत सम्भारकर्ताका महिलाहरुलाई दिएको छ । स्थानीय सम्भारकर्ताका महिलाहरुले त्यहाँको सरसफाई गर्दै आएका छन् । सो कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी तथा सरकारी कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।



