ck raut karyakarta
हुलाकी न्यूज, नवलपरासी २३ जेठ । नवलपरासीको परासीबाट शनिबार पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ११ जना नेता कार्यकर्ताहरु आज रिहा भएका छन् ।

मुखमा कालोपट्टि बाँधी प्रदर्शन गरिरहेका गठबन्धनका नेता कार्यकर्ताहरुलाई प्रहरीले नवलपरासीको परासीबाट पक्राउ गरेको थियो ।

गठबन्धनका सहसंयोजक कैलास महतो, केन्द्रिय प्रवक्ता अब्दुल खान, क्षेत्रिय संयोजक कन्हैया राजभर, क्षेत्रिय संयोजक ईरफान शेख, नवलपरासी जिल्ला संयोजक मदन यादव, जिल्ला सहसंयोजक बालगोविन्द चौधरी, जिल्ला सदस्य विजयनाथ यादव, सदस्य प्रकाश पासवान, योगेन्द्र गुप्ता, श्याम गुप्ता और आलम अली रिहा  भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.