Tikapur-2
हुलाकी न्यूज, टिकापुर २३ जेठ । कैलालीको टिकापुर घटना भएको करिब एक वर्ष वित्न लाग्दा पनि थारुहरुले शान्ति महसुस गर्न पाएका छैनन् । अहिलेसम्म पनि थारुहरुमाथि धरपकर जारी रहेको छ ।

मधेश मानव अधिकार (मधुर) युएसए, हुलाकी न्यूज डटकम र हुराड्सको स्थानीय सहयोगमा शनिबार टिकापुरमा भएको कार्यक्रममा थारुहरुले राज्यप्रति आक्रोस व्यक्त गर्दै वातावरण सहज बनाईदिन सम्बन्धित पक्षहरुसँग आग्रह गरे ।

टिकापुर घटनापछि ‘मधेश–थरुहट आन्दोलन र मावन अधिकार’ विषयक अन्तरक्रिया तथा साक्षात्कार कार्यक्रममा थारुहरुले पहिलो पटक खुल्ला रुपमा आफ्ना अवस्था बारे जानकारी गराउन पाएका छन् ।

घटनाबाट प्रभावित टिकापुर नगरपालिकासहित आसपासका मुनुवा, थापापुर र जोशीपुरसहितका थारुहरुले कार्यक्रममा राज्यप्रति आक्रोस व्यक्त गरे ।

घटना पछि आफुहरुले मानव अधिकारको प्रत्याभुति गर्न नपाएको र राज्य आतंक जारी रहेको बताउँदै तत्काल अवस्था सहज नबनाइए कुनै पनि बेला दुर्घटना हुन सक्ने उनीहरुले बताए ।

कार्यक्रममा पक्राउ परेको थारुहरुका परिवारजनले राजनीतिक दल वा मानव अधिकारवादी संस्थाहरुबाट पनि पक्राउ परेकाहरुको रिहाईका लागि पहल नभएको भन्दै गुनासो व्यक्त गरे ।

अधिकांश पीडितहरुको आर्थिक अवस्था दयनिय रहेको छ भने अधिकांशका बालबच्चा विद्यालय जान पाएका छैनन् । कार्यक्रममा सहभागी २६ जना पीडित मध्ये अधिकांशले आफ्नो घरका मुख्य व्यक्ति पक्राउ परे पछि स्थानीयहरुसँग मागेर घर चलाउन परेको बताए ।

यता थारु बुद्धिजिवि तथा नागरिक समाजले पक्राउ परेकाहरुको तत्काल रिहाईको माग गरे । उनीहरुले मानव अधिकारवादी संस्था तथा अन्तर्राष्ट्रिय संस्थालाई गुहार गर्दै अन्तर्राष्ट्रिय अदालतबाट यस घटनाको छिनोफानो हुनु पर्ने माग गरे ।

दिनप्रति दिन टिकापुर असपासमा राज्यले आतंक र्सिजना गरेर थारुहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाउँदै नागरिक समाजका अगुवाहरुले राजनीतिमा सक्रिय थारुहरुलाई गैरथारु नेताहरुको इसारामा समाप्त गर्न खोजिएको बताए ।

उनहरुले थारुको अधिकार बारे कुरा गर्ने जोकोहीमाथि पनि आरोप लगाएर विस्थापित गराउने क्रम जारी रहेको बताए ।

कार्यक्रममा हुलाकी न्यूज डटकमका सम्पादक बीपी साहले टिकापुर घटनापछि मानव अधिकारवादी संस्था र सञ्चार माध्यमले उचित भुमिका खेल्न नसेको स्वीकार गरे । राष्ट्रिय मिडियाहरुले एक पक्षीय सुचना प्रवाह गरेर राज्यलाई दमन गर्न उत्साहित गरेको बताउँदै साहले मानव अधिकारवादी संस्थाहरुले पनि राज्यलाई सचेत गराउन नसक्दा राज्य पक्ष उग्र भएको बताए ।

कार्यक्रमा अन्य सहभागीहरुले मधेशीहरुको पक्षबाट थारुहरुको सहयोगमा भईरहेको कार्यक्रमलाई सराहना गर्दै मधेश मावन अधिकार(मधुर)बाट आगामी दिनमा पनि वातावरण सहजिकरणका लागि सहयोग गर्न अपील गरे ।

घटना पछि दबाईका थारुहरुको आवाजलाई पहिलो पटक सार्वजनिक गर्ने अवसर दिएकोमा मधुरसहित हुलाकी न्यूज र हुराड्सलाई थारुहरुले धन्यवाद दिदै आगामी दिनमा पनि पहल गर्न आग्रह गरे ।

Tikapur-1 Tikapur-3 Tikapur-4 Tikapur-5 Tikapur-6 tikapur-7 tikapur-8 tikapur-9 tikapur-10 tikapur-11

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.