reporters club

हुलाकी न्यूज, काठमाडौं २२ जेठ । संविधानसभाले जारी गरेको संविधानको कार्यान्वयन र नेपालको छिमेकीहरुसँगको सम्बन्ध सुधारको विषयमा आगामी असार ८ र ९ गते राजधानीमा अन्तर्राष्ट्रिय व्यक्तित्वसहित सर्वपक्षीय सम्मेलन हुने भएको छ ।

नेकपा एमालेका संस्थापक नेता मोहन चन्द्र अधिकारीको संयोजकत्वमा सबै राजनीतिक दलका नेताहरु सहभागी रहेको नेपाली मुक्तिी मोर्चा नेपाल नाम गरेको संस्थाले सम्मेलनको आयोजना गर्न लागेको हो ।

मोर्चाले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी र भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारी प्रमुख अतिथि रहनेसो सम्मेलनमा नेपालका प्रमुख दलका शिर्ष नेताहरु, पूर्व प्रधानमन्त्रीहरु, आन्दोलनरत दलका नेताहरु, मानवअधिकारबादी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिईयो ।

बीपी चिन्तन प्रतिष्ठानको ब्यवस्थापनमा हुने सम्मेलनमा नेपालमा जारी भएको संविधान कार्यान्वयन र त्यसको चुनौति र नेपाल भारत सम्बन्ध सुधारको विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा सस्थाका संयोजक मोहन चन्द्र अधिकारीले संविधान कार्यान्वयन नगरी नेपाललाई जोगाउन नसक्ने भन्दै त्यसकोलागि सबैसँग छलफल गरेर समस्याको समाधान खोज्नु पर्ने आवश्यकता अनुसार सम्मेलन गर्न लागिएको बताए ।

उनले पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्ध चिसो पान आएको प्रति टिप्पणी गर्दै छिमेकी फेर्न नसकिने भएकोले यस्तो अवस्था आउनु राम्रो नभएकोले सम्मेलनले सम्बन्धमा देखिएको अप्ठ्यारो फुकाउने विश्वास ब्यक्त गरे ।

आफू कम्यूनिष्ट पृष्ठ भूमिबाट आएपनि आफू हिन्दु भएको र नेपाल पनि हिन्दु सनातन राष्ट्र भएकोले हिन्दु धर्मको पक्षमा र बर्गिय शोषण अन्त्यकोलागि कम्यूनिष्ट राजनीतिमा लागेको बताए ।

कार्यक्रममा सस्थाका महामन्त्री चक्रदेब जोसी विपि चिन्तन प्रतिष्ठानका महासचिव विरेन्द्र पौडेल, पूर्व नेका सभासद रामजीवन सिंह लगायतले मुलुकको समस्या समाधन नभए देश नहरने चिन्ता बढेकोले आफूहरुले सबैले स्विकार्ने फोरमको रुपमा सम्मेलन गर्न लागेको भन्दै सम्मेलनले निकासका उपायहरु दिएर मुलुकलाई स्थिरता तिर लिएर जाने विश्वास ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.