
हुलाकी न्यूज, नवलपरासी २२ जेठ । डा.सीके राउतका ११ जना कार्यकर्ता नवलपरासीको परासीबाट पक्राउ परेका छन् ।
वाक स्वतन्त्रताका लागि प्रदर्शन गरिरहेका गठबन्धनका ११ जना कार्यकर्ता पक्राउ परेको डा. राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।
नवलपरासीको परासी बजारमा आफ्नो वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकार खोसिएको विरोधमा मुखमा कालो पट्टी लगाएर विरोध प्रदर्शन गरिरहेका स्वतन्त्र मधेश गठबन्धनका ११ जना समर्थकहरुलाई नेपाल प्रहरीले गिरफ्तार गरेको छ ।
पक्राऊ पर्नेहरुमा सहसंयोजक कैलाश महतो, प्रवक्ता अब्दुल खान, ईरफन शेख, मदन यादव, कन्हैया राजभर, प्रकाश पासवन, विजयनाथ यादव र बाल गोविन्द चौधरी थारु सहित ११ जना रहेका छन् । उनीहरुलाई परासीस्थित जि.प्र.का.ले हिरासतमा राखेको जनाइएको छ ।



