
हुलाकी न्यूज, काठमाडौं २२ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत् पक्षको माग पूरा गर्नका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि यसअघि नै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग गोप्य सहमति गरेको थियो । तर, प्रधानमन्त्री ओलीले आफ्नो कुराबाट पल्टिएपछि आफ्नो नेतृत्वमा सरकार बनाउन प्रचण्ड तयारीमा जुटेका छन् ।
उनले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा संविधानप्रति मधेशी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको जिकिर गरेका छन् ।



