सरु शर्मा, परासी २२ जेठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको आयोजनामा जुनियर रेडक्रस सर्कलका संरक्षक शिक्षक नायक गोष्ठी आतिथ्य सर्कल जनता माध्यमिक विद्यालय अरुणखोलामा सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालय नवलपरासीका श्रोत ब्यक्ति टंकनाथ ढकालको प्रमुख आतिथ्य तथा जिल्ला शाखाका मन्त्री शशिधर कँडेलको सभापतित्वमा भएको गोष्ठीवाट उपसाखाहरुलाई ब्यवस्थीत प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको छ ।
शाखाले अब विभिन्न सर्कललाई पत्रचार गर्दा अनिवार्य रुपमा शिक्षक नायकलाई फोन गर्नु पर्ने , सर्कलमा प्राथमिक उपचारका गतिविधिलाई प्रभावकारी बनाउन पर्ने , संरक्षक र शिक्षक नायक विच समन्वयता कायम राख्ने , सर्कलका आय ब्यय पार्दर्शी बनाउनु पर्ने र सर्कलले गरेका सम्पुर्ण गतिविधिको प्रतिवेदन पार्दर्शी रुपमा जिल्ला शाखामा बुझाउनु पर्ने लगायतका निर्णयहरु गरेको साखाका सदस्य घनश्याम यादवले बताए ।
उक्त अवसरमा जनता मावि अरुणखोलाका शिक्षक नायक ऋषिराम पाण्डे , शिक्षक नायक जिवन पोख्रेल , पिताम्बर पौडेल , रुद्र प्रसाद सापकोटा , घनश्याम भुषाल , भविश्वर पाण्डे , मुरारी प्रसाद भण्डारी , बन्धुराज कोईराला लगायतले जिल्लामा रहेका हरेक उपसाखा र सर्कललाई सक्रिय बनाउनु पर्नेमा जोड दिए ।



