हुलाकी न्यूज, काठमाडौं २१ जेठ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको राष्ट्रिय कार्यसमिति पुनर्गठन गरिएको छ ।
पुनर्गठित राष्ट्रिय कार्यसमितिको वरिष्ठ नेता बद्री प्रसाद मण्डल, सहअध्यक्ष लक्ष्मण लाल कर्ण, वरिष्ठ उपाध्यक्षत्रय सांसद नरसिंह चौधरी, मृगेन्द्र कुमार सिंह यादव र नवलकिशोर साह, उपाध्यक्षद्वय विश्वनाथसिंह राजवंशी र ओमप्रकाश यादव गुलजारी रहेका छन् ।
यसैगरी, दुई महासचिव, ६ उपमहासचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, दुई प्रवक्ता तीन सचिव रहेका छन् ।
राष्ट्रिय कार्यसमिति १०१ सदस्यीय रहेको छ भने दुई स्थायी आमन्त्रिण सदस्य रहेको सद्भावना पार्टीद्वारा विज्ञप्तिमा उल्लेख छ ।






