madhav nepal bara
माधव नेपालको गाडीलाई लखेट्दै मोर्चाका कार्यकर्ताहरु ।


संजय तिवारी, बारा १९ जेठ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बाराबाट धपाएका छन् ।

एमालेका स्थानीय नेता स्वर्गीय कृष्णा सिंहको १३औं पुण्यतिथिको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन बारा आएका नेता नेपाल धपाइएका हुन् ।

जिल्लाको पिपरारीमा आयोजित सो कार्यक्रममा बुधबार बिहान जान लाग्दा मोर्चाका कार्यकर्ताहरुले बाटोमा प्रदर्शन गर्ने जानकारी पाएपछि नेता नेपाल लुकेर पिपरारी पुगेका थिए ।

कार्यक्रम सकेर फर्किने बेलामा हुलाकी राजमार्गअन्तर्गत पर्सा भन्ने स्थानमा करिब दुई सयको हाराहारीमा कालोझण्डा तथा बाँसको फठ्ठासहित प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्तालाई देखेर बाटो परिवर्तन गरी भागेका थिए ।

मोर्चाका कार्यकर्ताहरुले केही दूरीसम्म नेता नेपाल चढेको गाडीलाई पछ्याउने प्रयास पनि गरेका थिए ।

यता, स्थानीय एमाले नेताहरुले नेता नेपालको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन् ।
madhav nepal bara1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.