
हुलाकी न्यूज, काठमाडौं १९ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनमा आवद्ध दलहरुले बुधबार पनि संसद बैठक बहिस्कार गरेका छन् ।
आफुहरुले उठाएका मागहरु सरकारले सम्बोधन नगरकोे भन्दै संसद बहिस्कार गर्दै आएका उनीहरुले बुधबार पनि निरन्तरता दिए ।
बहिस्कार अघि बोल्दै नेपाली जनता दलका अध्यक्ष एवं ससद हरिचरण साहले मधेशको माग पुरा नभएसम्म बजेटमाथि छलफल गर्नुको औचित्य नरहेको बताए ।
मधेशीहरुको माग पुरा गर्न संविधान संशोधन नभएसम्म संसद बहिस्कार गर्ने साहले बताए ।
यसअघि सरकारमाथि हस्तक्षेप गर्न माग गर्दै संसद बहिस्कार गरिएको थियो । file photo



