अर्कना खातुन, काठमाडौं, १९ जेष्ठ । काठमाडौंको भृकुटी मण्डपमा २० औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मेला भैरहेको छ । जेष्ठ १८ देखि २२ गतेसम्म नेपाली तथा अन्तराष्ट्रिय पुस्तकहरुको प्रदर्शनी हुनेछ । सो प्रदर्शनमा ईस्लामी संघ नेपाल र नेपाल इक्रा एजुकेशनल फाउन्डेशनले ईस्लामिक पुस्तकहरुको दुईवटा स्टल राखेका छन् ।
मंगलबार ईस्लामी संघ नेपालको आयोजनामा ईस्लाम धर्मको भेषभुषा तथा सम्मान्तालाई दर्शाउन सांस्कृतिक कार्यक्रम आयोजना गरियो । प्रदर्शनीमा ईस्लामकै विभिन्न विषयमा लेखिएका नेपाली, हिन्दी, अङग्रेजि, अरबी र उर्दु भाषाका पुस्तकहरु राखिएका छन् । प्रदर्शनमा विभिन्न पुस्तकहरु गरि सयवटा स्टलहरु रहेका छन् । मेलामा सबै धर्म र जात जातीका पुस्तकहरु राखिएका छन् ।

ईस्लामिक संघ नेपालको आयोजनामा रहेको स्टलमा इस्लाम प्रति फैलिरहेको नकारात्मक भ्रमलाई हटाउने उद्धेश्यले ईस्लामिक पुस्तकको प्रदर्शन गरिएको, इस्लामीक संघ नेपाल बाग्मती एवं गण्डकी अञ्चलका अध्यक्ष इर्शाद शेखले बताए । उनले भने ईस्लामलाई नजानी नबुझि गलत प्रचार भई भ्रम फैलाइरहेकोले नकारात्मक भ्रमलाई हटाउन ईस्लामीक पुस्तकको प्रदर्शन गरेका हौं ।
त्यसै गरी नेपाल इक्रा एजुकेशनल फाउन्डेशनको अध्यक्ष अब्दुल कविले भने, ईस्लाम कै अर्थ शान्ति हो । तर केहि मिडियाको भ्रमिक प्रचारले ईस्लामलाई टेरेरिष्ट भनेर जोड्छन् । त्यहि भ्रम हटाउन हामीले ईस्लाम पुस्तकको प्रदर्शन गरेका हौं ।

ईस्लामिक संस्कृति कार्यक्रममा ईस्लाम धर्मको सबै महत्वपूर्ण विषयहरु समेटिएको थियो । कार्यक्रम संचालन अब्बास चौधरीले गरेका थिए । ईस्लामिक विद्यार्थीहरु हाफ्जा खान, सहिद, सलिना सुनार, आमिर फैजल, आस्मा बानु र नाजमिन फातिमा इर्शादले अल्लाहका मार्गका कुराहरुलाई दर्शाइ तथा ईस्लाममा शान्ति र सम्मान र महिला पुरुष एक समान हुन भन्ने विषयहरुमा आ–आफ्नो कविता, गित र लेख९नज्म० प्रस्तुत गरेका थिए ।
साथै केहि विद्यार्थीहरुले इस्लाममा कुनै भेदभाव हुँदैन, सबै एक समान हुन्छन्, छुवाछुत, पानी नचल्ने, सानो ठूलो र जातिय भेदभाव इस्लाममा हुँदैन भन्ने विषयलाई समेटेर डा।अैनुदिन भगवानको निर्देशकमा नाटक प्रस्तुत गरेका थिए ।
संस्कृति कार्यक्रममा अतिथिहरु ईस्लामिक संघ नेपालको केन्द्रिय अध्यक्ष खुरशिद आलम, इस्लामी संघ नेपालको सचिव अबुल कलाम मीयाँ, अल्हीरा एजुकेसनल सोसाइटीको सचिव गुलाम रसुल फलाही, अल कुरान रिर्सच फाउन्डेशनको अध्यक्ष मौलाना अलाउदिन फलाही, डा नसीम अहमद, अब्दुल मनान, सेराज अहमद र अब्दुलाह गुरुङ थिए ।



