
हुलाकी न्यूज, काठमाडौं १८ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनमा आवद्ध संसदहरुले सरकारमाथि हस्तक्षेप गर्ने सभामुखसँग आग्रह गरेका छन् ।
मंगलबारको संसद बैठकमा मोर्चाका तर्फबाट बोल्दै सदभावना पार्टीका संसद नरसिंह चौधरीले सरकारले मधेशी मोर्चाको मागको वेवस्ता गरेको भन्दै संसदलाई हस्तक्षेप गर्न माग गरे ।
संसदमा मोर्चाको माग राख्दै उनीहरुले संसद बहिस्कार गरेका थिए ।
संसद बहिस्कार पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै चौधरीले आफुहरुले सरकारमाथि हस्तक्षेप गर्न संसदमा माग गरेको बताए ।
उनले आन्दोलनमा यतिको जनधनको क्षति भएको र समस्या झनै जटिल हुँदा पनि सरकारले वास्ता नगरेको भन्दै तत्काल हस्तक्षेप गर्न माग गरे ।
उनले बीरगञ्जका व्यापारी सुरेश केडीयाको अपहरणमा संलग्नहरुलाई कारवाहीको मागसमेत गरे ।
चौधरीका अनुसार केडीयाको अपहरणमा नेपालीहरु नै सक्रिय रहेकोले तत्काल कारवाहीका लागि दबाब दिन माग गरिएको छ ।
मधेशी मोर्चाले आन्दोलन सुरु भएदेखि नै संसद बहिस्कार गर्दै आएको छ । file photo : parliyament nepal



