Raut_caders-2हुलाकी न्यूज, भैरहवा १६ जेठ । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुमाथि लगाइएको मुद्दामा पुनरावेदन अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुद्ध जयन्तीका दिन लुम्बिनीबाट पक्राउ परेका गठबन्धन २० जना नेता तथा कार्यकर्ताहरुमाथि नेपाल प्रहरीद्धारा लगाइएको सार्वजसनक अपराधको मुद्दामा आइतबार अदालतले उक्त आदेश गरेको हो ।

थुनामा रहेको २० जनाको तर्फबाट थुनुवामा रहेका रामकेस गुप्ताका बाबु बहु तेलीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई प्रतिवादी वनाई पुनरावेदन अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दिएका थिए ।

उक्त मुद्दामा अदालतको इजलास नं. ४ का न्यायधीश विनोद शर्माको एकल इजलासले प्रतिवादीहरुलाई जेष्ठ २० गते थुनामा राखिएका २० जनाको मुद्दाको पकृयाको फाइल पेश गर्न र लिखित जबाफसहित कारण देखाउ आदेश जारी गरेको छ ।

जेठ ८ गते लुम्बिनीको संग्राहलय नजिक बुद्ध जयन्ती मनाइरहेको र कार्यकम स्थलमा गइरहेको अवस्थमा नेपाल प्रहरीद्धारा स्वतन्त्र मधेश गठवन्धनका ३१ नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको थियो ।

जसमा ११ जनालाई ३२ घण्टासम्मा थुनमा राखि रिहा गरेको थियो भने २० जनालाई सार्वजनिक अपराध अन्र्तगत पिहलो पटक ५ दिनको म्याद थप गरेको थियो भने जेठ १३ गते पुनः १० दिनको म्यदा थप गरेको छ ।

केही सार्वजनिक (अपराध र सजाय)ऐन, २०२७ को धारा ४(१)मा यस ऐन अन्र्तगतको मुद्दा वारदात भएको ७ (सात) दिनभित्र मुद्दा दायर गरिसक्नु पर्ने व्यवस्था छ । प्रहरीले पक्राउ गरेको मितिले सात दिन मिति २०७३ जेष्ठ १४ गते नै पुगिसेको र सात दिन भित्र मुद्दा दर्ता नगरी गैरकानुनी तरिकाले थुनमा राखेको हुनाले पीडित रामकेस गुप्ताका बुबा वहु तेलीले आइतबार पुनरावेदन अदालत नियमावली २०४९ को नियम २८ अनुसार लिखित जवाव र वन्दीसहित उपस्थित हुने गरी निवेदन लिएका थिए ।

उक्त निवेदकको सुनवाई हुने एकिन मिति तोकी ऐ.नियम ३२ तथा नागरिक अधिकार ऐन २०१२ को दफा १६(२) तथा न्याय प्रशासन ऐन २०४८को दफा ८(२) वमोजिम निज निवेदकहरुलाई गैरकानुनी थुनावाट मुक्त गर्न विपक्षीहरुको नाउमा वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरि पाँउ भनी वन्दीप्रत्यक्षी करणको रिट दायर गरेका हुन् । जसमा कारण देखाउ आदेश जारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.