Barshaman_pun
हुलाकी न्यूज, काठमाडौं १६ जेठ । मधेशको असन्तुष्टिका कारण बजेट कार्यान्वयनमा समस्या आउने पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए दाबी गरेका छन् ।

आइतबार बजेटका विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पुनले मधेशको समस्या समाधान भए मात्र बजेट कार्यान्वयन हुन सक्ने बताए । मधेशको समस्या समाधान नभए संविधान जस्तौ बजेट पनि कार्यान्वयन हुन नसक्ने पुनले बताए ।

उनले अर्थमन्त्रीको जिल्लामा १२ वटा ठूला आयोजना र प्रधानमन्त्रीको क्षेत्रमा त्योभन्दा बढी आयोजना दिइएको बताएका छन् । उनले अर्थमन्त्री र प्रधानमन्त्रीको यस्तो रबैयाका कारण मध्य र सुदुरपश्चिममा कम आयोजना परेको विषय राजनीतिक भएकोले यसमा अर्थमन्त्रीले प्रष्ट पार्न माग गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुराहरु नीति तथा कार्यक्रम र बजेटमा नपरेको प्रति टिप्पणी गर्दै उनले नेतृत्वले बोल्दा जहिले पनि यथार्थ धरातलमा आधारित रहेर बोल्नु पर्ने अन्यथा नेतृत्वप्रतिको विश्वासमा संकट पैदा गर्नेतर्फ सचेत गराए ।

उनले भने,‘जनता त्रिपालमा बसेका छन । चन्द्रमामा घर बनाउने सकुरा गर्नु हुँदैन । नेतृत्वले यथार्थमा रहेर सपना देख्नु पर्छ ।’

बजेटपछि सरकार परिवर्तनको विषयमा राखिएको जिज्ञासामा भने पुनले बजेट पारित भएपछि मात्रै यो विषयमा बोल्ने अहिले बोल्नु उपयूक्त नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.