2

हुलाकी न्यूज, सप्तरी १५ जेठ । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले मण्डले शासकहरूका कारण मुलुक विखण्डनको खतरामा पुगेको आरोप लगाएका छन् ।

यही जेठ १९ गते हुने आधिकारिक ट्रेड युनियन चुनावको सन्दर्भमा राष्ट्रिय कर्मचारी संगठनले शनिवार सप्तरीको राजविराजमा गरेको कार्यक्रममा नेता यादवले मण्डले शासकहरूले मधेशीलाई विदेशीको संज्ञा दिँदै दास बनाएर राख्न खोजेकाले मुलुकको अखण्डता खतरामा परेको बताएका हुन् । उनले अब मधेशीहरू दास बनेर नबस्ने पनि चेतावनी दिए ।

दाउरा, सुरुवाल र टोपी लगाएकालाई राष्ट्रवादी र धोती, कुर्ता र गम्छा लगाउनेलाई विदेशी भगौडा देख्ने प्रवृतिको अन्त्य नभएसम्म एकताबद्ध नेपाल निर्माण हुन नसक्ने पनि स्पष्ट पारे । उनले पहाडी मण्डलेवाद र मधेशी अवसरवाद दुवै नेपाल र नेपाली जनताको दुश्मन भएकाले यसलाई समाप्त पार्न पार्टीले उत्पीडित पहाडी र उत्पीडित मधेशीबीच एकता गराउन अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले जेठ १९ गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनको संघारमा पार्टीको एकता भएपनि कर्मचारी संगठनहरूबीच एकता हुन नसक्दा आफूहरू अन्यौलमा परेको भन्दै छिट्टै कर्मचारी संगठनबीच सम्मानपूर्वक एकता गराउन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.