bises-adalat
हुलाकी न्यूज, काठमाण्डौ, ८ चैत । स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खान सहित चार जना कार्यकर्तालाई थुनामा राख्न विशेष अदालत काठमाण्डौले १२ दिनको म्याद थप गरेको छ ।

शनिबार नेपालगञ्जबाट पक्राउ परेका उनीहरुलाई सोमबार विशेष अदालतमा प्रहरीले पेश गरेको थियो । म्याद थप गरिनेहरुमा गठबन्धनका प्रवक्ता अब्दुल खाँ , नेताहरु इरफान शेष , हरपाल सिंह, राम मनोहर यादव रहेका छन् ।

उनीहरुलाई नेपालगञ्ज नजिकैको एक गाउँमा भेला भएको अवस्थामा पक्राउ गरिएको गठबन्धनका सहजकर्ता चन्दन सिंहले बताए । घटनास्थलबाट १७ जना पक्राउ परेपनि चार जनालाई मात्र विशेष अदालतमा पेश गरिएको छ ।

अन्यलाई रिहा गरिएको सिंहले बताए ।
म्याद थप गरिएकाहरुमाथि राज्य विप्लवको आरोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.