
हुलाकी न्यूज, गौशाला, ८ चैत । जनकपुर चुरोट कारखानामा लाखौँ भ्रष्टाचार गरेका आरोपीसहित कैद र जरिवाना लागेर वर्षौंदेखि फरार रहेका तीनजनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर चुरोट कारखाना लिमिटेड जनकपुरको लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा जिल्लाको धमौरा–४ बस्ने शीतलप्रसाद यादव पक्राउ परेका हुन् ।
त्यस्तै महोत्तरी जिल्ला अदालतबाट २०६३ वैशाख २७ गते कर्तव्यज्यान मुद्दामा १० वर्ष कैद तोकिएका जिल्लाको खोपी गाविस–४ बस्ने ४५ वर्षीय बिन्देश्वर यादवलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको जिल्लाको सहसौला–८ बस्ने ४७ वर्षीय राम सोगार्थ खत्वे पनि रहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।



