
हुलाकी न्यूज, काठमाडौं ८ चैत । टिकापुर घटना पछि पीडित २० जना थारु परिवारलाई जनही दश हजारको दरले दुई खाल राहत प्रदान गरिएको छ ।
विश्वभरी छरिएर रहेका मधेशीहरुद्वारा स्थापना गरिएको मधेश रिलिफ फण्ड (एमआरएफ) द्धारा उनीहरुलाई राहत प्रदान गरिएको हो ।
टिकापुर घटना पछि सुरक्षाकर्मीद्वारा पक्राउ गरिएका र राज्य पक्षबाट असुरक्षा महसुस गरेर घर छाडेका थारुहरुको परिवारलाई उक्त रकम सहयोग गरिएको हो ।
सहयोग पाउने परिवारहरुको आर्थिक अवस्था दयनी रहेको टिकापुरकी स्थानीय हुलाकी सहयोगी ललिता महतो(थारु)ले जनाइन् ।
हुलाकी न्यूज डटकमका सम्पादक बीपी साहले टिकापुरको अध्ययन पश्चात एमआरएफलाई ध्यानाकर्षण गराएपछि राहतका लागि एफआरएफले अनुगमन गरेको थियो ।
आइतबार एमआएएफको टोलीले पीडित २० परिवारलाई राहत रकम हस्तान्त्रण गरेको हो ।



