Jitendra_sonal_Suresh_mandal
हुलाकी न्यूज, नयाँ दिल्ली ८ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जीतेन्द्र सोनल र केन्द्रीय सदस्य सुरेश मण्डलले राज्यले घुँडा नटेकेसम्म अवको आन्दोलन जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबार नयाँ दिल्लीमा युनाईटेड मधेशीले आयोजना गरेको कार्यक्रममा नेताद्वयले मधेश–थरुहटको माग पुरा नभएसम्म आन्दोलन जारी रहने र राज्यले आफै घुँडा टेक्ने दाबी गरे ।

‘मधेश आन्दोलन और भावी कार्यदिशा अन्तरक्रिया एवं सम्मान कार्यक्रम’ तमलोपका महामन्त्री सोनलले भने,‘जुन संविधानमा हामी छैनौं त्यो संविधान हाम्रो होइन ।’

राज्यद्वारा मधेशीमाथि भएको चरम दमनलाई अन्तर्राष्ट्रिय रूपमा सबै सामु प्रस्तुत गर्नु पर्ने आवश्यकता रहेको सोनलले औल्याए ।
उनले आन्दोलनको माग सरकारले पुरा नगरे पनि मधेशमा चेतनाको वृद्धि भएको दाबी गरे ।

तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले मधेश–थरुहटका युवाहरु आन्दोलनका लागि तयारी अवस्थामा रहेको बताउँदै अवको नेतृत्व युवाले नै गर्ने बताए । उनले मधेशी नेतृत्वले राज्यसँग झुकेर कुनै पनि सम्झौत ागर्न नहुने मण्डलले बताए ।

मण्लले शिर्ष नेताहरु थाकेको अवस्थामा राज्यसँग कुनै सम्झौता नगरी उनीहरुले युवा पुस्तालाई नेतृत्व हस्तान्त्रण गर्नु पर्ने बताए ।

नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा कालो झण्डा देखाएर जेल परेकाहरुलाई नेताद्वयले सम्मान पनि गरे ।

कार्यक्रमका अध्यक्षता गरिरहेका युनाईटेड मधेशीका अध्यक्ष संजय यादवले मधेशी पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

विश्वमा छरिएर रहेका सम्पूर्ण मधेशीलाई एकजुट हुन आग्रह अध्यक्ष यादवले गरे ।

कार्यक्रममा युनाईटेड मधेशीका तर्फबाट सीए तिर्थ यादव, मुकेश शाह, सूर्य किरण यादव, दयाल कुसुवाह, सुशान्त यादव, उमेश कुमार साह तथा कार्यक्रमका उदघोषन सीए प्रविण कर्णले गरेका थिए । कर्णले विश्वभरका मधेशीहरुलाई गोलबद्ध हुन बारम्बार आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.