हुलाकी न्यूज, नवलपरासी ७ चैत । मधेशका जिल्लाहरुमा यस पटकको होलीमा दई खाले गीतहरु बज्दैछन् ।
मधेश अहिले पनि आन्दोलनमा रहेकैले आन्दोलनसँग सम्बन्धी गीतहरु बज्दैछ भने भोजपुरीका केही उक्षृंखल गीतहरु पनि बज्दैछन् ।
जिल्ला सदरमुकामसहित मधेशका गाउँ–घरमा डा.सीके राउतका कार्यकर्ताहरुले लाउडस्पिकर लगाएर ‘जोगीया जोगीया रे’ बोलको गीत बजाउँदैछन् ।
उक्त गीतमा मधेशीका पीडाहरु समेटिएकोले अधिकांश गाउँहरुमा यो गीत सुनिन्छ ।



