
हुलाकी न्यूज, काठमाडौं ७ चैत । जारी मधेश आन्दोलनमा अधिकांश समय मधेशका जिल्लाहरुमा विताएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो केही दिन काठमाडौै बसेका थिए । अहिले पुनः उनी जिल्लामै सक्रिय भएका छन् ।
फागुन ३० गते रौतहटबा सर्लाही पुगेका महतो दैनिक सर्लाहीका विभिन्न गाविसहरुमा कायक्रम गर्दै भेट्छन् ।
महतो भन्छन्,‘मधेश आन्दोलनको अन्तिम तयारी गर्दैछु । अघिल्लो महिनाहरुमा सहरहरुमा मात्रै केन्द्रित भयौं अव गाउँ–गाउँमा नेताहरु सक्रिय हुनु पर्छ । तसर्थ मैले गाउँ–गाउँमा काम गर्दैछु ।’
महतोले गाउँ–गाउँ र क्षेत्र–क्षेत्रमा जनजागरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भईरहेको जनाउँदै गैरमधेशवादी पार्टीबाट सयौंको संख्यामा कार्यकर्ताहरु सदभावनामा प्रवेश गरिरहेको बताए ।
महतोका अनुसार सर्लाहीको काम सकिएपछि पूर्वीमधेशका जिल्लाहरु तिर लाग्नेछन् ।
महतोले के गरे चैतको पहिलो साता ?
चैत एक गते सर्लाही क्षेत्र नं.१ को बसतपुर, श्रीनगरमा कार्यकर्ता भेटघाट र ईश्वरपुरमा कार्यकर्ता सम्मेलन ।
चैत दुई गते सर्लाही क्षेत्र नं.२ को हेम्पुर , कविलासी, पिडारीमा कार्यकर्ता भेटघाट र पिपरियामा कार्यकर्ता सम्मेलन ।
चैत तीन गते सर्लाही क्षेत्र न.३ को बरहथवामा पार्टी प्रवेश तथा क्षेत्रीय सम्मेलन ।
चैत चार गते सर्लाही क्षेत्र नं.४ को पर्सामा कार्यकर्ता भेटघाट र ब्रह्मपुरीमा कार्यकर्ता सम्मेलन तथा पार्टी प्रवेश ।
चैत पाँच गते सर्लाही क्षेत्र नं. ५ को मुसैली, खेरिया, सुन्दरपुरमा कार्यकर्ता भेटघाट र कौडेनामा कार्यकर्ता सम्मेलन तथा पार्टी प्रवेश ।
चैत ६ गते सर्लाही क्षेत्र नं.४ को धनकौल, नारायणपुरमा कार्यकर्ता भेटघाट ।




