aaglagi-2
हुलाकी न्यूज, पथलैया ७ चैत । स्वास्थ्य सेवा विभाग, आपुर्ति महाशााखाको केन्द्रीय मेडिकल स्टोरमा आगलागी हुँदा लाखौंको औषधि जलेर नष्ट भएको छ ।

बाराको पथलैयामा रहेको स्टोर नम्बर आठ र नौंमा आगलागी भएको हो ।

उक्त स्टोरमा झुल र बच्चाका औषधिहरु रहेको अनुमान गरिएको छ ।

घटना स्थल पुगेका हुलाकी सहकर्मी जयमोद ठाकुरले दिएको जानकारी अनुसार आगलागीबाट भएको क्षतिको यकिन तथ्यांक आउन सेको छैन ।

ठाकुरका अनुसार अहिले पनि त्यस क्षेत्रका दमकलहरु आगो नियन्त्रणका लागि प्रयासरत छन् । आगलागी विहान नौ बजेपछि भएको जनाइएको छ ।

ausadh-1
aaglagi-3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.