akbal_ahamad_sahहुलाकी न्यूज, काठमाडौं ७ चैत । मधेश–थरुहट आन्दोलन जारी रहँदा मुस्लिम संघर्ष गठबन्धनले आन्दोलनबाट समर्थन फिर्ता लिएको थियो । जसको विरोध मुस्लिमहरुले नै गरेका थिए र आन्दोलनमा निरन्तर सहभागी भएका थिए ।

बैशाखबाट पुनः आन्दोलनको तयारी भईहरँदा मुस्लिमहरु पनि जोडतोडका साथ आन्दोलनको तयारीमा लागेका छन् ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका संसद अकबाल अहमद शाह भन्छन्,‘मधेशी–मुस्लिम आन्दोलनको अग्रपंतिमा थिए र रहनेछन् ।’
काँग्रेस–एमालेमा लागेका अवसरवादी मुस्लिमहरुले आन्दोलनबाट हात झिकेको शाहले बताउँदै बास्तविक मुस्लिमहरु अहिले पनि आन्दोलनमै रहेको जनाए ।

पूर्वमन्त्रीसमेत रहेका शाह भन्छन्,‘मधेशले अधिकार नपाएसम्म हामी निरन्तर आन्दोलनमा हुने छौं । राज्यले घुँडा टेक्नु पर्छ । मधेशले अधिकार पाए मात्र मधेशमा बसोबास गर्ने मुस्लिम, दलित र अन्य समुदायले अधिकार पाउनेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.