वृजराज कुशवाहा, नवलपरासी ५ असोज । नेपालको संविधान २०७२ जारी गरेपछि संविधान नमान्ने चेतावनी दिदै मधेशमा संविधान जलाईयो । असोज ३ र ४ गते मोर्चाले निर्धारण गरेको विरोध कार्यक्रमअनुसार मधेशका सबै जिल्लाहरुमा संविधान जलाईएपछि असोज ५ गते पुर्वनिर्धारित कार्यक्रम नरहेकाले कार्यकर्ता अन्योलमा परेको बेला नवलपरासीमा स्थिती झनै उग्र हुन पुगेको छ ।

भारतीय सीमादेखि सदरमुकाम परासीसम्म आउने ११ किलोेमिटर लामो बाटो ठाउंठाउंमा ढुंगामुढा तेर्साएर सशस्त्र प्रहरीको आवागमन ठप्प पारिएको छ । मोर्चाबन्दी गरेका स्थानीयवासीले सशस्त्र प्रहरीलाई आउजाउ गर्न नदिने बताएका छन् । महेशपुरमा प्रहरीको विरुद्ध स्थानीयवासीहरु प्रदर्शनमा उत्रेपछि स्थिती असमान्य बनेपछि आफु समान्य पार्ने प्रयास गरिरहेको सीमा प्रहरी कार्यालय महेशपुरका प्रमुख प्रहरी निरीक्षक राजु प्रसाद शर्माले हुलाकी न्युजसँग बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक कुबेर प्रधानको कमाण्डमा गएको गस्ती टोलीले आफ्ना घर आंगनमा बसीरहेका मुख छाडेर गाली गरेको स्थानीयवासले आरोप लगाएका छन् । सोमवार राती करीब साढे १० बजे आएको प्रहरीले गाडी रोकेर स्थानीयलाई कुटपीट गर्दा ४ जना घाइृते भएका छन् । घाईते हुनेमा रमपुरवा गाविस वडा नं. ७ महेशपुरका पवन निगम, जितेन्द्र कमकर, झिनक कर्मी र अनवर राईन घाईते भएका हुन् । बत्ती नभएको कारण गर्मी छल्नका लागि आफनै घर अगाडि बसीरहेका उनीहरुलाई मरणासन्न कुटपीट गरेको बताएका छन् ।

Nawalparasi-protest 7

‘प्रहरीको गाडी आउँदा हामी आवाज सुनिरहेका थियौं’ स्थानीय पवन निगमले भने ‘गाडीमा बसेकाहरु होहल्ला गर्दे गाउँतर्फ आईरहेका थिए । हामी छिमेकीसहित चारपांच जना गफ गर्दै बसेका थियौं । यतिकैमा आईपुगेको प्रहरीको गाडी हामी निर रोकियो र उत्रेका प्रहरीले गाली गर्दै हामीलाई कुटपिट गर्न थाल्यो । हामीले प्रतिकारसमेत गर्न पाएनौं । प्रहरीको लाठीको प्रहारले म लडें । अरु साथीहरु घाइते भए, भागे ।’
महिलाहरुलाई समेत गाली गलौज गरेको प्रहरीका केही जवानहरु मदिरा सेवन गरेको स्थानीय हरि बहादुर सहानीले बताए । अगाडि जाने क्रममा प्रहरीले गाडीबाटै ढुंगासमेत प्रहार गरेका थिए ।

ढुंगाले समेत केही घाइते भएको खबर छ । पवन निगम, जितेन्द्र कमकर, झिनक कर्मी र अनवर राईन भारतीय बजार ठुठीबारीमा उपचार गराई घर फर्केका छन् भने गाउँमा अझै पनि केही व्यक्तिहरु घाईते हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले महेशपुरका साथै बेलासपुर, हकुई र कुश्मालगायतमा गाउँमा स्थानीयलाई कुटपिट गरेको खबर छ । राती जनपथ प्रहरी जिल्लाबाट गस्तीका लागि महेशपुरतर्फ गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले बताए ।

गएरातीको घटनाले आक्रोसित बनेका स्थानीयवासीले सीमा प्रहरी कार्यालय घेराउ गरेपछि मधेश थरुहट संयुक्त मोर्चाका नेतृत्व वर्ग घटनास्थल पुगेको थियो । घटनास्थल पुगेपछि उग्ररुप लिएको भिडलाई शान्त पार्न नेतालाई हम्मेहम्मे परेको थियो । मोर्चाका संयोजक मुकुरजी गिरी, पुर्व रक्षाराज्यमन्त्री रामबचन यादव, रामसपाका अध्यक्ष राधेश्याम यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष सुवाषचन्द्र गिरीलगायतका नेताहरुले भिड नियन्त्रण गरिरहेको देखिए ।

आन्दोलनको पुर्वनिर्धारित कार्यक्रम नरहेका कारण घटनाको खबर पाई जिल्ला सदरमुकाम परासीदेखि गाउंगाउंका कार्यकर्ता महेशपुरमा उत्रिएपछि भन्सारको कार्यालयको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीलाई फर्काईएको थियो । ड्युटीमा जान लागेका सशस्त्र प्रहरीका जवानलाई विरोधमा उत्रेका स्थानीयवासीले फर्काएपछि टोली बेश क्याम्प हरपुरमा फर्केको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुदीप रेग्मीले बताए ।

संयुक्त लोकतान्त्रिक थरुहट मधेशी मोर्चाका कार्यकर्ताहरुले नेपाल भारत सीमामा नेपालको संविधान २०७२ जलाए । नवलपरासी जिल्लाको सीमामा रहेको ठूठीबारी स्थित भारतीय अर्धसैनिक बल एसएसबीले सीमाको आवागमन ठप्प पारेको छ । मोटरसाईकललगायत अन्य सवारीसाधनको प्रवेश निषेध गरिएपछि किनमेल गर्नका लागि भारत जान चाहेका सयौं व्यक्ति सीमाबाट फर्किरहेका थिए ।

आक्रोसित स्थानीयवासीले महेशपुरदेखि परासीसम्मको सडकमा दर्जनौं स्थानमा सडकमा ढूंगामुढा राखी अवरुध गरेपछि सशस्त्र प्हरीको समेत आवतजावत अवरुध हन पुगेको छ । सदरमुकाम परासीदेखि ८ किलोमिटर दक्षिणमा बेलासपुरमा रहेको सशस्त्र प्रहरीको जिल्ला सीमा सुरक्षा कार्यालयमा आउजाउसमेत अवरुध पार्नका लागि बेलासपुरमा रुख ढालेर सडक अवरुध पारिएको छ ।

Nawalparasi-protest-3

राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय बुटवलबाट अनुगमनमा गएको वा ४ च ९४२७ लाईसमेत हिडनमा अवरोध गरिएको छ । सीमातर्फ जाने सडकमा ठाउंठाउंमा मधेश थरुहट प्रदेश सरकार लेखिएको छ । मोर्चाका कार्यकर्ताहरु मोटरसाईकल साईकलमा कालो झण्डा टांगेर हिडिरहेका छन् । विरोध जनाउन घरघरमा कालो टांगिएको छ ।

उता, पांचौ चरणको आन्दोलन सफल भएको र छैठौं चरणको आन्दोलन आरम्भ भएकाले नवलपुरको ५ गाविसहरुमा गरिएको तालाबन्दी खोलिएको थाकस सचिव विरेन्दै चौधरीले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

Nawalparasi-andolan-1 Nawalparasi-protest -4 Nawalparasi-Protest 5 Nawalparasi-protest-2 Nawalparasi-protest-6

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.